सौराहा: कुकुर, जो बबिताको भिडियो कलपछि मात्र खान्छ

उनको पुच्छर तपाईंको ज्याकीको पुच्छर ? नेपालनाम्चाले बबिता चौधरीलाई सोध्यो । उत्तरमा उनले जे जे भनिन्, त्यो निकै रोचक लाग्यो ।

पुच्छर अर्थात ज्याकी (कुकुर) मुस्ताङबाट ल्याइएको हो, १२ बर्षअघि । चिसो मुस्ताङमा जन्मेर तातो चितवन आएको उसलाई गर्मी महिना एकदमै पीडादायी हुन्छ । जाडो महिना भने ऊ चितवनमै भएर पनि मुस्ताङ पुगे झैँ हुन्छ ।

सौराहाकी बबिताको कुकुर यति प्रेमिल छ कि उनी केही दिन बाहिर गए, ऊ खाना समेत खाँदैन । उसलाई खाना खुवाउन भिडियो कल गरेर ऊसँग कुरा नै गर्नुपर्छ । त्यसपछि बल्ल खाना खान्छ ज्याकी ।

मानिस र जनावरबीचको यो एउटा महान सम्बन्ध जोकसैका लागि पनि प्रिय लाग्न सक्छ ।

बाँकी भिडियोमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button