गोपीलाई सबैभन्दा मन परेको ठाउँ कलिला पैतालाले धूलो उडाउँदै हुर्केको गैँडाकोट

बेलायत बस्ने गैंडाकोटका गोपी सापकोटा लेखक हुन् । आममानिसको मिडिया साथी नेपालनाम्चाले सुरु गरेको ‘मनपरेका १०’ स्तम्भमा यसपटक उनै सापकोटालाई प्रस्तुत गरिएको छ ।

१. तपाईंलाई सबैभन्दा मनपर्ने खाना के हो ? किन ?
मलाई दाल, भात तरकारी मन पर्छ । सायद सानैदेखि खाने गरेकोले हुनसक्छ ।

२. तपाईंलाई सबैभन्दा मनपरेको ठाउँ कुन हो ? किन ?
मलाई सबैभन्दा मन परेको ठाउँ गैँडाकोट हो । यो मेरा कलिला पैतालाले धूलो उडाउँदै हुर्केको ठाउँ हो ।

३. तपाईंलाई सबैभन्दा मनपरेको किताब कुन हो ? किन ?
मलाई सबैभन्दा मन परेका किताबको कुरा गर्दा दुईटा किताबको नाम लिनुपर्ने हुन्छ । एउटा Paulo Coelho को The Alchemist र अर्को Hermann Hesse को Siddhartha । यी दुवै किताबमा खोजको कुरा छ । यिनीहरु मलाई त्यति मन परेका किताब हुन् कि जसले मलाई उपन्यास लेख्न प्रेरित गरे । वास्तवमा काँचो कागजको मेकिङ्गमा यी दुई किताबको हात छ ।

४. तपाईंलाई सबैभन्दा मनपरेको मान्छे को हो ? किन ?
मलाई सबैभन्दा मन परेको मान्छे मेरी श्रीमती निर्मला हुन् । किन भन्ने प्रश्नको उत्तर लेखेँ भने एउटा छुट्टै किताब बन्छ ।

५. तपाईंलाई सबैभन्दा मनपरेको आफ्नै बानी के हो ? किन ?
म समयको ख्याल गर्छु ।

६. तपाईंलाई सबैभन्दा मनपरेको नेता को हो ? किन ?
यो प्रश्न मैले उत्तर दिन सक्ने क्षमता भन्दा अलि बाहिरको पर्‍यो ।

७. तपाईंलाई सबैभन्दा मनपरेको चाडपर्व कुन हो ? किन ?
मलाई सबैभन्दा मन परेको चाड दशैँ हो । यो चाडमा धेरैजनासँग भेटघाट गर्ने अवसर मिल्छ ।

८. तपाईंलाई सबैभन्दा मनपरेको पेशा कुन हो ? किन ?
मन परेको पेशा चाहीँ लेखन हो, तर मैले लेखनलाई मुख्य पेशा बनाउन सकिनँ ।

९. तपाईंलाई सबैभन्दा मनपरेको रंग कुन हो ? किन ?
म निलो र रातो रंग मन पराउँछु । किन भन्ने थाहा छैन ।

१०. तपाईंलाई सबैभन्दा मनपरेको गीत कुन हो ? किन ?
मलाई धेरै थरिका गीतहरु मन पर्छन् । म नेपाली, अँग्रेजी, हिन्दी, आसामी, कुमाउनी, गड्वाली र साउथ इन्डियन गीतहरु सुन्ने र हेर्ने गर्छु । हामी लेखनमा लाग्नेहरुले थरिथरिका गीतहरु सुन्नु पर्छ, थरिथरिका किताबहरु पढ्नु पर्छ र थरिथरिका पेन्टिङ्गहरु हेर्नुपर्छ भन्ने लाग्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button