तिम्रो यादमा नरोएको रात छैन परदेशमा

सचिन दुलाल
बाग्मती गाउँपालिका–७, गिम्दी, ललितपुर

तिम्रो यादमा नरोएको रात छैन परदेशमा
दुख पर्दा आँसु पुछ्ने हात छैन परदेशमा ।

सबैजना पराई लाग्छ, पराई बन्दा आफ्नै
आफ्नो हितमा बोल्नेको साथ छैन परदेशमा
दुख पर्दा आँसु पुछ्ने हात छैन परदेशमा ।

नौलो ठाउँ, नौलै मान्छे, अपरिचित सबै,
आफ्नो जस्तै सफा दिलको जात छैन परदेशमा
दुख पर्दा आँसु पुछ्ने हात छैन परदेशमा ।

खोजिराछु सुनौलो त्यो रङ्गिन संसारलाई
गाँउकै जस्तो रमाइलो प्रभात छैन परदेशमा
दुख पर्दा आँसु पुछ्ने हात छैन परदेशमा ।

सम्झिएर मुटु जल्छ विगतका ति पलहरु
खोजे जस्तो साथीभाइको जमात छैन परदेशमा
तिम्रो यादमा नरोएको रात छैन परदेशमा
दुख पर्दा आँसु पुछ्ने हात छैन परदेशमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button