श्रीमान उता खाडीको तातो घाममा खट्ने, यता श्रीमतीका ३५ हजारको मोवाइल हातमा बोक्ने

आफ्नो थैली आफै नकसे पछुतो

रिता आचार्य
ईलाम

अचेल जमाना सुविधायुक्त छ । घरमा दुईछाक खान र एकसरो लगाउन धौ धौपर्नेले विदेशिनु पर्ने बाध्यता छ । बच्चा जन्मदै मोवाइलमा जन्मन्छन् जस्तै छ । १० बर्ष पुग्दा हातमा मोवाइल हुनुपर्छ, १६ पुग्दा लिभिङ टुगेदर, लभ, पिरेम भन्दै विपरितलिङ्गीसँग हिमखिम बढ्ने, डेटिङ, भेटिङ हुने जमाना छ । बाध्यताले मोवाइल किन्नु पर्छ ।

हातमा मोवाइल भएपछि बच्चाले आफुले चाहेको गर्ने गर्छ । ऊ सकारात्मक ढल्किए जीवन सहज बन्छ तर नकारात्मक ढल्किए कलिलैमा प्रेममा फस्छ, बिहे गर्न रुचाउँछ किनकि डेटिङ–भेटिङ नजिकिने मोवाइल हो । जब बिहे गर्छ अनि केही बर्षपछि छोराछोरी जन्मन्छ । घररिवार र बालबच्चा लालनपालन र महँगो शहरको बसाई बाध्यताले बिदेशिन्छ पुरुष । शहरमा महङ्गो बसाईमा परिवार धान्न विदेशिन्छ

पुरुष तातो घाम र खाडी मुलुकमा । यता जीवनपियारी, आमाबुबा, बालबच्चा संझिएर आँखाभरि आँसु र मनभरि पिडा बोकेर पैसा कमाउँछ । यता घरमा हैरान हुने र शहरको बसाई फेसन र आधुनिक जमाना हुनाले श्रीमती भरसक बजारमा घर किनेर राख्ने नत्र कोठाभाडा सुविधायुक्त खोजेर राख्ने गर्छ ।सुविधायुक्त जमाना हुनाले श्रीमान तातो घाममा खटे पनि श्रीमतीका हातमा ३५ हजारको मोवाइल, घरमा वाइफाई, जमाना अनुसारका लुगाकपडा, गहनागुरिया तमाम जोड्न श्रीमती हतारिन्छिन् ।

उता फोन गर्छिन्, फलानीले यस्तो किनिन्, त्यस्तो किनिन्उ ।

उताबाट अहो, तिमी झन के कम ल किन भनेपछि किन्छिन् । श्रीमानले यति सोच्न सक्दैन कि चाहिनेमात्र किन्न दिनुपर्छ, पैसा चाहिने जति मात्र दिनु पर्छ नत्र पसिनाको मूल्य चुक्न सक्छ भनेर । जब घरपरिवार र श्रीमानको बेवास्ता हुने महिलासँग जोडी मिल्यो भने अनि लथालिङ्ग भएर व्यवहार डुब्ने गर्छ, श्रीमान आउँदा कि त श्रीमती घरमा नहुने, कि त आएपछि श्रीमानले ज्यानमारा बन्नु पर्ने । वास्तवमा चाहिने जति खर्च र सुविधा दिएर बचेको रकम पुरुषले आफ्नै नामको खाता खोलेर जम्मा गरे महिला मर्नु नपर्ने र पुरुष पनि मारमा नपर्ने हो । त्यसैले थैलीको मुख आफै कस्नु । हुन त सबै गल्ती महिलाको भने हैन । कतिपय महिलाहरु आफु पनि काम गर्ने, खर्च आफै जुटाउने, श्रीमानको कमाई जतन गर्ने र कोठाबाट जग्गा, जग्गाबाट घर, किनेर शहरका भाडामा बस्नेबाट घरधनी, गाडी मालिक ब्यावसायी, साहु महाजन नबनेका हैनन् । त्यसैले पैसाको थैलोको मुख आफैले बाँध्न सके पछुतो कसैलाई हुँदैन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button