सम्पादक ज्यु, मेरो साथीलाई यो पत्र पु-याइदिनुस्

साथी, केही कुराको सम्झनाले नेपालनाम्चामा यो पत्र लेख्दैछु ।

दुई बर्ष पहिले एउटा सुचना मेरो फेसबुकको भित्तामा पोस्ट भयो ।

मानिस हराएको सुचना ।

कमेन्ट फाँटमा फेसबुक मित्रको धेरै कमेन्ट तथा सेलफोनमा लगातार घण्टी बज्न थाल्यो । को हरायो ? के ? कसरी ? आदि इत्यादी । धेरै साथीहरुसँग त्यो पोस्टको स्कृनसट पनि हुनु पर्छ ।

दुख गरेर लेखेको त्यति लामो सुचना केही समयपछि डिलिट गरेँ । केही शान्ति भयो । फोनमा घण्टीको आवाज सुनिन छोड्यो । नोटिफिकेसनको अक्षर आउन छोडे ।

त्यो मैले मजाकमजाकमा लेखेको । जो मेरो परमप्रिय मित्रको फोटोसहित लेखेको थिएँ । दोहोराएर त्यो पोस्ट गर्ने आट आउँदैन अझ भनौं त्यो मजाक गर्ने क्षमता ममा अहिले कहाँ गयो ? थाहा छैन । तर धेरै साथी जो स्कुले जीवनका, गल्लीका चिया पसलहरुमा भेटेका,कफिसपका कुनामा त कहिले शहरका हरियो पर्दा पछाडि लुकेका टेबलमा बस्ने । कोहिसँग लामो संगत थियो त कोहि पहिलो पटक भेटेको थिएँ । कोहि जनकपुर त कोहि नाम्चेबजार कोहि खाँदबारी त कोहि अछामका र कोहि यहिँका रैथाने भनिने सहरका । च्यासलदेखि काठमाडौ लप्सिफेदीका मेरा प्यारा साथी हराए । को कता छ्न ? के के गर्दै छन् ? अत्तोपत्तो छैन । म सधै उहीँ चियापसल, कफिसपदेखि उहीँ भट्टीमा नै तिमीहरुलाई कुरिरहेको छु । पर्खिरहेको छु । सबै साथीहरुमा माया तथा सम्झना ।

उही तेरो, तिम्रो साथी
आनन्द, ललितपुर ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button