नाम परिवर्तनबारे अत्यन्त जरुरी सूचना !

चार्वाक

नमस्कार ! म निर्भीकजंग रायमाझी । यही नामले मैले पत्रकारिता र साहित्य लेख्ने गरेको छु । नागरिकतामा जङ्ग छैन । न्वारनको नाम अर्कै थियो । बाल्यकालको नाम अर्कै ।

तर नेपाली समाज जात व्यवस्थाको उपज हो । त्यो जात व्यवस्थाको आधारमा म ‘क्षेत्री’मा पर्ने रहेछु । मेरा पिता–पुर्खा धेरैजसो सैनिक पेशामा थिए भने केही कृषि र व्यापार गर्ने गर्दथे । यो जात व्यवस्थामा तल्लो जात र उत्पीडितमाथि शोषण गर्न मेरा पितापुर्खाको पनि अवश्य हात छ किनकि उनीहरू सत्ता र शक्तिमा थिए । वा शक्ति नहुँदा पनि अभिजात हुनुको अहम् थियो ।

यसैले आजदेखि म समानान्तर रुपमा ‘चार्वाक’ नाम ग्रहण गरेको जानकारी गराउँदछु । चार्वाक भनेको पूर्वीय दर्शनको मुख्य नौ दर्शनमध्येको एक नास्तिक दर्शन रहेछ । आचार्य चार्वाकले सुरु गरेको यो दर्शनलाई लोकायत दर्शन पनि भन्ने गरिन्छ । यसले कुनै पनि देवीदेवता, ईश्वर वा व्यक्ति वा शक्तिलाई आस्थाको रुपमा मान्दैन । यसले प्राण अर्थात् बाँचेको जीवनलाई नै ठूलो मान्छ । यसले अहम् नै सही विभेदविरुद्ध हुंकार बोल्छ ।

नेपाली संगीतका धेरै प्रतिभाले आफ्नो थर लेख्ने गरेका थिएनन् । नातिकाजी, प्रेमध्वज, तारादेवी, गणेशलाल, फत्तेमान आदिमा नामले उनीहरू चिनिएका थिए । पछि बाहिरका मानिस त कहिले परिवारले थर जोडेर लेख्न थाले । यो जात व्यवस्था र त्यसको उपज मानिने थरको विपक्षमा हामी उभिनु पर्छ । पुनश्चः यसको अर्थ आफ्नो इतिहास र गौरव भुल्ने भनेको होइन । भावुकतामा रमाएर यसो लेखेको पनि होइन ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button