
बालबालिकालाई खराब बनाउने कि असल ? हाम्रै हातमा छ
बालबालिका आशाका किरण हुन् अभिभावकका लागि । सन्तान आफ्नो राम्रो, खेती अरुको भन्ने भनाई त सुनेकै छौ ।
अभिभावकलाई आग्रह
सुशीला नेपाल
आमाबुवाले बच्चालाई भरपुर माया र हेरचाह गर्नुपर्छ । गरिरहेका छौं पनि । तर, बालबालिका हुर्काउने क्रममा कतै न कतै केही न केही रिक्तता रहेकै हुन्छ । त्यसैले बालबालिकाले आफ्ना कतिपय कुरा आफ्नै अभिभावकलाई सुनाउन सक्दैनन् । त्यसो किन हुन्छ रु किनकी त्यस अनुकुलको वातावरण उनीहरुले पाएका हुँदैनन् ।
बालबालिका आशाका किरण हुन् अभिभावकका लागि । सन्तान आफ्नो राम्रो, खेती अरुको भन्ने भनाई त सुनेकै छौ र हो पनि । योजना नै नगरी एक्कासी बच्चा पेटमा बसेपछि थाहा पाउने आमाबाबुहरु पनि हामीले देखेका छौं । ‘कति रहर थिए जीवनमा तर अब बाँधिने भइयो । बच्चा हेर्दैमा जीवन जाने भयो’, त्यस्तो भन्दै पश्चताप गर्ने बाबुआमा पनि नदेखेको होइन । त्यस्ता कुराले पेटमा भएको बच्चाका मानसिकतामा नकारात्मक असर पर्दछ ।
बालबालिकाको मस्तिष्क खाली भाँडो भइ आउँछ । त्यो भाडा कुन ढँगले भर्ने हो, हाम्रो हातमै रहेको हुन्छ । बालबालिका सिक्न र जान्न खोज्छन् । ५ बर्षको उमेरमा उनीहरुको मस्तिष्कको विकास ९० प्रतिशत हुन्छ । जस्तो संस्कार, सस्कृति, आचारव्यवहार हामी देखाउँछौं उनीहरु सोहि नक्कल गर्छन् । र, त्यस्तै व्यवहार बयस्कमा गएर निमार्ण हुन्छ ।
बालबालिकालाई खुल्ला ठाउँमा खेल्न मनपर्छ । उनीहरुको ज्ञानको विकास गराउन स्कूलमात्र पर्याप्त छैन । घर नै पहिलो पाठशाला भनिन्छ । जीवन जिउने कला उनीहरुले घरबाटै सिक्छन् । चकचक गर्नु, बिर्गानु, भत्काउनु, मिलाउनु, भितामा कोर्नुजस्ता क्रियाकलाप उनीहरुको बिशेषता हुन् । त्यस्ता कृयाकलापमार्फत उनीहरुले सिकीरहेका छन् भनी बुझ्न जरुरी छ । तर, बिगारेका वस्तुलाई कसरी मिलाउने भनेर सिकाएनौ भने उनीहरुले पछि गएर आफ्नो व्यतिmगत सरसफाइ र सामानको हेरचाह गर्न सक्दैनन् ।
चित्र कोर्न वा यस्तै केही गर्न दिनुपर्छ । उनीहरुले गरेका कार्य नराम्रो भएपनि स्यावास् दिएमा उनीहरुको हौसला बढ्छ । र, फेरिफेरि त्यहि कार्य गर्न रुचाउँछन् । सँगै बसी बालबालिकाको भावना बूझ्ने कोशिस गर्नुपदर्छ । उनीहरुको कुरा सुन्नु पर्दछ । त्यसबाट उनीहरुलाई मेरो कुरा सून्ने कोहि छ भन्ने लाग्छ र हरेक कुराहरु हामीलाई सुनाउने सीपको विकास गर्न सक्दछन् ।
सामान्य ज्ञानका बिषयहरु जान्नका लागी गेडागुडीहरु गन्न लगाउन सकिन्छ । त्यसबाट बालबालिकाको शाररिक, मानसिक सामाजिक, वौद्धिक विकासमा मद्धत पुग्छ । संवेगात्मक पक्षका विकास गराउनका लागि भाषालाई समेत बिशेष ख्याल गनुपर्दछ ।
बालबालिकाको क्षमता पहिचान गर्नुहोस् । अरु बच्चासँग तलना गर्नुहुँदैन ।
अभिभावकले बालबालिकालाई समय र माया दिन नसक्दा र उनीहरुप्रति उपयुक्त सोचविचारमार्फत तथा सकारात्मक व्यवहार गर्न नसक्दा कस्तोसम्मको परिणाम आउनसक्ला त ?
-उदासीन रहने
-झगडा गर्ने
-कूलतमा फस्ने
-झनक्क रिसाउने
-पढाई छोड्ने
-मायाको खोजीमा ध्यान जाने र सोही क्रममा यौन दूव्यवहारको शिकार समेत हुनसक्ने
-चिन्तित रहने
-असामान्य व्यवहार देखाउने
-अविश्वासको मनोविज्ञान रहने
-एक्लोपनले सताउने
-आत्महत्याको कोशिस गर्नसक्ने, आदि ।
हाम्रो वरिपरी बिभिन्न व्यक्ति छन्, जसलाई हामीले संस्कार नभएको, अरुलाई दुव्र्यवहार गर्ने, बाँडेर खानै नजान्ने, लोभी अनेक उपमा नाम दिँदै गर्दा हाम्रा बालबालिकालाई कस्तो वातावरणमा हुर्काएका थियौं भन्ने प्रश्न खडा हुन्छ ।
बालवालिकालाई गर्भदेखि ८ बर्षको उमेरसम्म हामीले दिएका बोली व्यवहार जति छन्, त्यो नै पछि बानीमा परिणत हुन्छ । त्यसैले बालबालिकाको चाहना, रुचि र इच्छामा केन्द्रित क्रियाकलाप सिकाउनु पर्दछ ।
हामीले छोराछोरीबीच कस्तो व्यवहार देखायौ, अरुसँग कस्तो व्यवहार गरेका थियौं, ती सबै व्यवहार उनीहरुले नक्कल गर्ने गर्दछन् । त्यसैले बालबालिकालाई खराब बनाउने कि असल रु हाम्रो हातमा छ ।
गर्भमा आएदेखि बच्चा ८ बर्षको उमेर अवधिलाई पूर्ववाल्यवस्थाको उमेर भनिन्छ । यो उमेरमा हामीले सिकाएका शैली व्यवहार संस्कार, रीतीरिवाज र अरुसँगको सम्बन्ध कस्तो गरिएको थियो, हुबहु नक्कल गरी वयस्कमा उसको व्यवहार निर्माण हुने भएकाले हरेक अभिभावकले विचार पुर्याउनु पर्दछ ।
आफ्ना बालबालिका असल व्यक्ति बनाउने कोशिस गरौं । बालमैत्री वातावरण सिर्जना गरौं ।
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)