
१ सय २ मा पनि स्वस्थ, व्यस्त र मस्त
कमल ढकाल
१०२ बर्षको जन्मदिनको शुभकामना दिन पाउनु पो मज्जा त । सत्यमोहन जोशी १९७७ साल बैशाख ३० गते जन्मनु भयो । आज २०७८ बैशाख ३० गते हामी उहाँलाई शुभकामना दिँदैछौं ।
दीर्घ जीवनको लागि योग, ध्यान, प्राणायाम, यो खाने, यो नखाने भनेर वैद्य, डाक्टर र योगगुरुले दिने प्रवचन र पुस्तकजस्तो उहाँको जीवन छैन । उहाँको आफ्नै प्रकारको जीवन छ । अब उहाँलाई हेरेर पो अरुले दिने परिभाषा बदल्न पर्ने भो ।
न लट्ठी टेक्ने, न कानमा केही राखेर सुन्नु पर्ने, न आँखामा चश्मा लगाउन पर्ने, न केही कुरा बिर्सने डर, गजबकै शरीर छ उहाँको । गत चैत्र १९ गते घोष्ट राइटिङ नेपालले निकालेको ४ सय ५६ पृष्ठको गोरखाका सुप्रसिद्ध समाजसेवी बद्री मास्केको जीवनमा आधारित पुस्तक बद्री दाइ उहाँकै घरमा लोकार्पण गर्दा त्यो पुस्तक आद्योपान्त पढेर ४४ मिनेट त्यसमा बोल्दा छक्कै परेँ ।
दुई बर्षअघि डा. तुमला शाह लिखित लुना लोकार्पणमा पनि पुरै पढेर नेपाली उपन्यासको १९९० सालदेखि तत मितिसम्मको बारे सरर बोल्नु भएको थियो । त्यतिबेला पनि छक्कै पार्नु भएको थियो । कुन्ज थिएटरको घुम्टो उघार्दा कुन्ज क्याफेको मकै खाउँ भन्दा ‘हुन्छ’ भनेर एक ढक्की मकै खाँदा छक्कै परेथेँ । दाँत अहिले पनि बलियै छ । चिनी हालेको चियाको साथ गुलियो बिस्कुट लिनु हुन्छ । जेरी स्वारी, हलुवा अझ मीठो लाग्दैछ ।
अनेकौ सम्झना भएको एक मान्छे, भगवानले नै पठाएको जस्तो मान्छे । अनेकौ इतिहास बनाउनु भएको एक इतिहास र संस्कृति बोकेको सुसंस्कृत मान्छे । सत्यमोहन जोशी बा जस्तो मान्छे दुर्लभ ! १ सय २ मा पनि स्वस्थ, व्यस्त र मस्त ।
जहिले फोन गर्दा पनि ‘आउनुस् न त’ भन्नुहुने र राम्रो काम गरेको छौ भनेर प्रेरणा, आशीर्वाद र शुभकामना दिनुहने उहाँलाई सधै यस्तै मस्त, स्वस्थ र व्यस्त देखिरहन पाउँ । शुभकामना छ हजुरलाई, सत्यमोहन बा ।
१०२ बर्षको जन्मदिनको शुभकामना दिन पाउनु पो मज्जा त । उहाँ १९७७ साल बैशाख ३० गते जन्मनु भयो । आज २०७८ बैशाख ३० गते हामी उहाँलाई शुभकामना दिँदैछौं ।
दीर्घ जीवनको लागि योग, ध्यान, प्राणायाम, यो खाने, यो नखाने भनेर वैद्य, डाक्टर र योगगुरुले दिने प्रवचन र पुस्तकजस्तो उहाँको जीवन छैन । उहाँको आफ्नै प्रकारको जीवन छ । अब उहाँलाई हेरेर पो अरुले दिने परिभाषा बदल्न पर्ने भो ।
न लट्ठी टेक्ने, न कानमा केही राखेर सुन्नु पर्ने, न आँखामा चश्मा लगाउन पर्ने, न केही कुरा बिर्सने डर, गजबकै शरीर छ उहाँको । गत चैत्र १९ गते घोष्ट राइटिङ नेपालले निकालेको ४ सय ५६ पृष्ठको गोरखाका सुप्रसिद्ध समाजसेवी बद्री मास्केको जीवनमा आधारित पुस्तक बद्री दाइ उहाँकै घरमा लोकार्पण गर्दा त्यो पुस्तक आद्योपान्त पढेर ४४ मिनेट त्यसमा बोल्दा छक्कै परेँ ।
दुई बर्षअघि डा. तुमला शाह लिखित लुना लोकार्पणमा पनि पुरै पढेर नेपाली उपन्यासको १९९० सालदेखि तत मितिसम्मको बारे सरर बोल्नु भएको थियो । त्यतिबेला पनि छक्कै पार्नु भएको थियो । कुन्ज थिएटरको घुम्टो उघार्दा कुन्ज क्याफेको मकै खाउँ भन्दा ‘हुन्छ’ भनेर एक ढक्की मकै खाँदा छक्कै परेथेँ । दाँत अहिले पनि बलियै छ । चिनी हालेको चियाको साथ गुलियो बिस्कुट लिनु हुन्छ । जेरी स्वारी, हलुवा अझ मीठो लाग्दैछ ।
अनेकौ सम्झना भएको एक मान्छे, भगवानले नै पठाएको जस्तो मान्छे । अनेकौ इतिहास बनाउनु भएको एक इतिहास र संस्कृति बोकेको सुसंस्कृत मान्छे । सत्यमोहन जोशी बा जस्तो मान्छे दुर्लभ ! १ सय २ मा पनि स्वस्थ, व्यस्त र मस्त ।
जहिले फोन गर्दा पनि ‘आउनुस् न त’ भन्नुहुने र राम्रो काम गरेको छौ भनेर प्रेरणा, आशीर्वाद र शुभकामना दिनुहने उहाँलाई सधै यस्तै मस्त, स्वस्थ र व्यस्त देखिरहन पाउँ । शुभकामना छ हजुरलाई, सत्यमोहन बा ।
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)
Happy birthday Satya Mohan baa. He is a amazing man. I am lucky to meet him