हजुर ! मसँग एक कप चिया पिउन चाहनुहुन्छ ?

चिया गफ
निर्जल दवाडी

जब तपाईंलाइ कसैले सोध्छ, ‘चिया पिउँछौ ?’, त्यतिखेर उसले तपाईंलाई दुध, चिनी, चियापत्ती उमालेर बनाएको एक कप चियाको लागि मात्र सोधिरहेको हुदैन ।

उसले सोधी रहेको हुन्छ, ‘के तपाईं चिनीजस्तै गुलिया यादहरु बाँड्न चाहनुहुन्छ ? चियापत्ती जस्तो तितो विगत सुनाएर मन हल्का गर्न चाहनुहुन्छ ? उसले सोधी रहेको हुन्छ, के तपाईं मलाई आफ्नो अनुभव सुनाएर मेरो प्रेरणाको श्रोत बन्न चाहनुहुन्छ ?’

मनको कुरा सुनाउन मौका नपाइरहेको बेला, त्यही एक कपको सहारा लिएर उसले आफ्नो जीवनको सुन्दर पल बनाउन चाहिरहेको पनि हुनसक्छ । त्यहि एक कप चियासँग ऊ फेरि आफ्नो टुटेको सपना जिउन चाहिरहेको हुनसक्छ । ऊ त्यस तातो चियाको कपबाट उडिरहेको बाफसँगै आफ्नो सारा डर र चिन्ता उडाउन चाहिरहेको हुनसक्छ । अथवा ऊ त्यहि एक कप चियालाइ साक्षी राखेर, पहिलो नजरमा बसेको मायाको छिनोफानो गर्न चाहिरहेको पनि त हुनसक्छ ।

कहिले देशको राजनीतिक अवस्थाबारे त कहिले समाजमा बड्दो अपराधबारे छलफल गर्न चाहिरहेको हुन्छ । अनेकौ चिया गफ गरेर एक अपरिचितलाई असल मित्र बनाउने कोशिस पनि त हुन सक्छ । यस्ता धेरै कथा र कहानीहरु लुकेका हुन्छन् एक कप चियामा, मात्र साथ खोजिरहेको हुन्छ, एउटा साथीको ।

अन्तमा मेरो पनि एउटा प्रश्न, के हजुर मसँग एक कप चिया पिउन चाहनुहुन्छ ?

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button