गणेशमानले भेटेको भूत

गणेशमान सिंहसँग पनि साहित्यिक कुरा गर्नुभयो ?
ध्रुवचन्द्र : गरें ।
लौह पुरुष । लौह अर्थात् फलाम । फलाम भन्नु रसविहीन पनि हो । उनीसँग पनि साहित्यिक कुरा गर्नुभयो ।
ध्रुवचन्द्र : हो । साहित्यिक र केही निजी पनि ।
यो कहिलेको कुरा हो ?
ध्रुवचन्द्र : यो पनि त्यसैताका हो । जब २०३९ सालमा ‘विमर्श’ गु्रप ‘साप्ताहिक मञ्च’ लिएर आयो, त्यसपछि मैले थालिहालें ।
गणेशमानसँगका कुरा …
ध्रुवचन्द्र : गणेशमानजी अलि रमाइलोसँग बोल्थे । राम्रो थियो, उनको बोलाई । उनले ‘भूत भेटेको छु’ भनेका थिए, त्यो बेला ।
त्यो भूत ‘पञ्चायत’ थियो ?
ध्रुवचन्द्र : होइन, होइन, साँच्चिकैको भूत । बीस बर्षको उमेरमा ।
त्यो कुरा सुनेर हाँसो उठ्यो कि विश्वास लाग्यो ?
ध्रुवचन्द्र : के हो ? के हो ? त्यो उनको आफ्नो कुरा हो । त्यसलाई मैले प्रतिवाद गर्ने कुरा थिएन ।
त्यो अन्तर्वार्तामा सबैभन्दा बढी सम्झना भएको त्यही भूत हो ?
ध्रुवचन्द्र : होइन । होइन । (हाँस्दै) त्यो भूतप्रसंग मैले ‘बाल्यकाल’मा छापें । तर, अरु कुरा पनि छन् । भन्न थाल्यो भने लामो हुन्छ ।

(अन्तरंग विधामा ध्रुवचन्द्र गौतमलाई मुख्य पात्र बनाएर लेखिएको अशोक सिलवालकृत ‘लेखक दुनियाँ’को अंश । नेपालनाम्चामा यस पुस्तकका केही अंशहरु हामी धारावाहिक रुपमा प्रस्तुत गर्नेछौं । धन्यवाद । सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button