
किस्ता-किस्तामा खुशी पैंचो लिएर खुशी भएको अभिनय नगर्ने को होला र ?
अज्ञात प्रश्न !
सुशील लामा
दुनियाँलाई देखाउनुको लागि भए पनि किस्ता-किस्तामा खुशी पैंचो लिएर खुशी भएको अभिनय नगर्ने को होला र ?
हेर्नेलाई देखाउन आफू भित्रको आफुलाई हत्या गरेर फगत भौंतारिदै कति कष्ट दिन्छौं भौतिक देहलाई । आफ्नै मनको आभालाई कथित बिक्री भैइसकेको झुठो बिश्वासको दोसल्ला ओढाएर कहिलेसम्म तड्पिएर जुनिको यात्रा लम्ब्याउने कर्म गर्छौं ?
अनिवार्य बिनाको अफ्ठ्यारो प्रश्नको भिड लागेको छ । मनमा उब्जिएको प्रश्न मनमै विलीन हुन्छ ।
फेरि…।
न उत्तर दिएर फाईदा छ, न उत्तर नदिदा बेफाईँदा,
अज्ञात “म”अनि भाव ।
“थाहा छैन तिम्रो बारेमा मलाई ?
मलाई जस्तै लाग्दो होलाकी नाईँ अरुलाईँ ?
खोइ थाहा भएन !
के चाहिँ थाहा छ्नी आफ्नो बारेमा ?
को हो तिमी ?
के हो तिमी ?
अहिले भएको तिमी पहिले के थियो ?
तिमी र तिम्रो आत्मा अलग्ग भएपछि के हुन्छ ?
… भिड प्रश्नहरुको !
नागढुंगादेखि थाङकोंटसम्म लाम लागेको मोटर गाडिको लाईन जस्तैं ।
म खोज्दछु “म”भित्रको “म”। म आफैलाई लागेको कुरा “म” दुईटा जिन्दगी भएर बाँचिरहेका छौं जस्तो लाग्छ ।
म बाहिरको म कसैको मर्यादा बनेर बाँच्नु परेको छ । म बाहिर को म कसैले तोकेको समयमा निरही बनेर बाँचिरहेको छु ।
म भित्रको म…..!
गजबले बाँचेको छु । आकाशमा उडेर पु,ग्छु ईन्दुसँग लुकामारी खेल्छु । तारासँग मितेरी गाँस्दै मीठो गित गाऊँछु । आकाशभन्दा अलि तल पर्ने डाँडामा लालिगुराँस बनेर फुल्छु । एकै छिनमा सागरको गहिराईमा डुबुल्की मार्दै लहर सँगै तैरेर किनारालाई सिरानी बनाएर आनन्दले निदाएर आनन्दको सास फेर्छु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)