मैले यसकारण राजनीति छाडेँ
प्रकाश दुलाल
१. पार्टीका नेता मिल्दा मिल्नुपर्ने र झगडा गर्दा झगडामा सहभागी हुनुपर्ने (विवेकहिन राेबर्ट जस्तै भई नेता/ गुटरुपी रिमाेर्टकाे निर्देशन बमोजिम यता उता फर्केर हिड्नुपर्ने)
२. सत्तामा पाए जे पनि जायज र नपाए जे पनि नाजायज भन्नुपर्ने ।
३. नेतालाई हजुर महान हाे, हजुर नभएको भए दिन रात हुन्नथ्यो, पानी पर्दैन थ्याे, घाम लाग्दैन थ्याे र हिउँद वर्खा हुँदैनथ्यो सम्म भन्नुपर्ने ।
४. फलानोले हजुरलाई यस्तो भन्दै थ्याे, मैले त्यहाँ प्रतिवाद गरेँ, म नभएको भए हजुरको वेईज्जत नै हुथ्याे भनेर बनावटी कुरा लगाई नेतालाई भ्रममा राख्न जान्नुपर्ने ।
५. आफुलाई लागेको विषयमा स्वतन्त्र विचार राख्न नपाईने पार्टीको नाममा नेताहरूको दाश बन्नुपर्ने ।
६. देश विकास र समृद्धिकाे बारेमा छलफल वहस र याेजना होइन कमिसनका याेजनाका बारेमा नेतालाई भन्न जान्नुपर्ने ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)