
बासँग बर्षे हाट
बाबुराम पौडेल
त्याे बर्ष तीज आउनै लाग्दा घरमा चामल टिकाे लगाउने अक्षता मुछ्न पनि नभाकाे कुरा सुनाउनु भाे आमाले बा
लाई। ६/७ मुरी धान स्याहार्ने खाेला खेतकाे उब्जनीले बर्ष भरीका चाड पर्व, पाहुना पाछा,बालबच्चा बिरामी समेतलाई भात
खान पुग्न सकसै हुने। हुन त साउन लागे पछि पश्चिम नेपालकाे अर्घाखाँची गुल्मी तिर अधिकांस घरमा अन्नकै अनिकाल पर्ने समयलाई भदाैमा मकै पाकेपछि बल्ल राहत मिल्थ्याे।हाम्राे घरमा पनि मकैकाे आटाे खानै सकस भएका बेला चामल त झन् हीरामाेति जस्तै हुनु स्वाभाविक नै थियाे।
बाले चामल लिन पथ्थरकाेट हाट जाने निधाे गर्नु भएछ। गाउँ भरी साथी खाेज्दा बर्षामास काेही नजाने भएछन्। हाट जाने पैसा चाहिँ सदाझैं कताबाट सापटी ल्याउनु भयाे थाहा भएन। भाेली पल्ट हाट जाने तयारी स्वरुप बाटालाई अर्नी (खाजा) बनाउने क्रममा संगै जाने साथी काेही नपाईएकाे एक्लै जानपर्ने कुरा गर्नु भयाे बा
ले। ” कि म सित तँ जान्छस् ताे साँईला?” बाले साेध्नुभयाे मलाई। हुन्छ
बा भन्दै म खुसी भएँ।
३०३१ सालकाे बर्ष भरी म स्कुल गइन। दाईहरु भारत,भाइ कान्छाे ६ क्लास् पढने। आठमा स्कुल फष्ट भएकाे म गाउँबाट गुल्मीकाे सदरमुकाममा बास बसेर आटाे पकाएर खान नसक्ने निष्कर्ष बाकाे भएका कारण पढाइ राेकेर म त्याे बर्ष स्कुल नगएकाे। आमाले त पडाई राेक्न हुन्न भन्नुहुन्थ्याे। सायद घरमा चामल भएकाे भए अरुसंग मिसिएर पकाउने खाने गर्न सजिलाे हुँदाे हाे। अरुले घरबाट चामल लग्ने मैले मकैकाे आटाे लग्ने गर्दा खानपिन नमिल्ने नै भयाे। त्यही बर्षकाे हिंउँदमा पनि म गाउँलेकाे संगतमा रहरले नुन लिन डाेकाे बाेकेर पथ्थरकाेट गएकाे थिएँ। गाेरुसिंङ्गे- पथ्थरकाेट-सन्धिखर्ककाे माेटरबाटाे खन्न हरेक घरबाट काेदाली गैंटी बाेकेर १/१ जना अनिबार्य जानुपर्ने उर्दीमा पनि मेरा गाउँका अरु साथीसंगै हिउँदमै म गएका कारण बा
संग त्यही बाटाे हिन्दै हाट जान झनै पाे उत्सुक भएँ म।
सायद मध्य भदाै महीना थियाे त्याे, तीज आउन आठ दस दिन बाँकी। घरबाट हिंडेर वाङ्ला,जगात,नरपानी, सुपा देउराली,ठाडा अमराई,जैनिकाेट,काेपाहा हुँदै भेंडामारे पुगेर बास बसेम् बाउ छाेरा। बर्षामासै भए पनि बाटाेमा फाट्ट फुट्ट भरीया भेटीए। उनिहरु केहीसंग बाले पथ्थरकाेटमा चलेकाे चामलकाे भाउ साेधेर पुराना चामल ४ रुप्पे पाथी भएकाे जानकारी लिनु भयाे। भाेली पल्ट बिहान देखि पानीकाे झरी सुरु भयाे। आफू र डाेकाेलाई पानी कागज( प्लास्टिक) ओडाएर बा
र मेराे यात्रा पथ्थरकाेट तिर साेझियाे। दिउसाे पथ्थरकाेट पुगेर चामलकाे भारी हालेर फर्कियाे बास बस्न हालकाे शितगंगा न.पा.काे कुंडापानी। पानी राेकिएन, निरन्तर झरीले सायद एक साताकाे तयारी गरेर आए जस्ताे रुप देखायाे। माेटर हिंडाल्न हिंउँदमा खनेकाे बाटाेमा पहिरा गएर, सालका रुख ढलेर चक्ला देखि ठाडा अमराई सम्म छिचाेली सक्नु थिएन। अमराईबाट नरपानी तर्फ भने माेटर बाटाे नखनिएका कारण पुरानाे पैदल बाटाे अल्लि सजिलाे भयाे। तर जिउ भन्दा डाेकामा बाेकिएका चामल भिज्लान् भन्ने ठूलाे पीर थियाे बा र मलाई। खुट्टा अड्याएर हिंडन लाैराले साथ दिएका थिए। भारी बाेकेर हिन्दा माथि पहाडतिर टाउकाे उठाएर हेर्न नसकिने हुँदा माथिबाट ढुँगा पहिराे आएर ज्यान तलमाथि नपारिदिने जिम्मा भगवान,कुलायन,देबी,देउरालीलाई दिएका थिएम् बाउ छाेराले ।
सबै भन्दा सकस चाैथाे रातकाे बासमा भयाे। जगात भन्दा तलकाे फाँटमा बाटाेकाे नजिकै एउटा खाली गाेठ थियाे। झरी निरन्तर भएकाे र खाँची खाेलाे बढेर के कस्ताे हालतमा छ भन्ने नबुझी समय भए पनि यहाँ बाट जानु हुन्न भनेर भारी त्यही गाेठ भित्र बिसाएर बा झर्नु भयाे खाेलाकाे हालत हेर्न। म त्यही गाेठकाे कुनामा बसें भारी कुरेर ! गाेठ चुहेर भारी बिसाएकाे भाग मात्र ओभानाे थियाे। खाेलाे बढेर काली गण्डकी भओछ
, तार्नी कुमाल भाेली ब्यान मात्रै आउँचन् अरेभन्दै धानकाे झार गाेड्न आएकाहरु बाट बुझेकाे खबर सुनाउनु भयाे बा
ले मलाई ।
बि. सं. १९७७ माघमा जन्मेका मेरा बाकाे उमेर त्याे बेला ५३ र म १३ बर्षकाे। त्याे साँझ पकाउने दाउराकाे जाेहाे गर्न बहुतै सकस भयाे बा
लाई। सायद छाेराे धेरै थाकेकाे महसुस गरेर दाउरा खाेज्न बा आफै जानु भयाे। अघिल्ला बासहरु बाटाका चिया हाेटेल हरुमा भएका कारण १ जनाकाे १ माेहर दिए पछि सुत्ने ठाउँ र पकाउने दाउरा पाईएका थिए। भिजेका दाउराका झिंजा त खाेजेर ल्याउनु भयाे बाले, तर सलाई काेरेर सकिंदा सम्म दाउरा बलेनन्। असारमा गाेरु बाँध्दा रहे पहेकाे ओईलाएकाे घाँस पात मिसाएर बल्ल तल्ल भात पाक्याे। बाेडी सिमी पिसेर बनाएकाे पीठाेकाे झाेल पकाउने जति काेशिष गरे पनि उमाल्न सक्नु भएन बा
ले। ताताे सम्म भएकाे त्यही झाेलसंग भात खाएर बाउ छाेरा सुतियाे। दिउसाेकाे झरी र चिप्लाे बाटाेमा भारी संगै ज्यान जाेगाएर हिंडेकाे थकाईमा नजिकै उर्लेकाे खाेलाकाे सुुसाई संगीत बनेर निद्रादेबीलाई हार्दिकता देखायाे सायद।
झरी रातीबाटै राेकिएछ।भाेली बिहान उठदा फाँटै भरी घाम छर्लङ्गै। खाँची खाेलाे वारपार देखिने माथिबाटै। खाेला किनारमा पुगुन्जेल कुमालहरु (माझी) आई पुग्ने निश्कर्ष सहित बाउ छाेरा भारीबाेकेर झरीम् खाँची (हड्याहा खाेला) काे किनारमा। २ जना माझीहरु भेटीए। बाले खाेला तारेकाे भाउताउ साेध्नु भयाे उनिहरु संग । १ जनाकाे भारी सहित ५ रुप्पे दाम र १ माना चामल, उनिहरु बाेले। बा
ले खै कसरी कुरा मिलाउनु भयाे कुन्नी ५ रुप्पे दाम र ३ माना चामलमा हामी बाउ छाेरालाई भारी सहित तार्ने भए। पारी पट्टि पनि २/३ जना मान्छे खाेला तारिन ठिक्क परेका देखिए। एक जनाले भारी बाेक्ने अर्काेले मान्छेलाई एउटा हातमा समाएर अर्काे हात र २ खुट्टाले खियाउने। पालै पालाे हामी बाउ छाेरा तारे । बा`लाई तारेकाे देखें। मेराे पालाेमा आँखा चिम्म गरें, खै कसरी तारे कुन्नी पारी किनारमा लगेपछि मात्र चेतनामा आएँ म।
हाट हिंडेकाे त्याे पाँचाै दिन साँझखेर घर पुगियाे। “याे झरीमा धन्न बाँचेर आईयु बाए!” आमाले भन्नु भयाे। यति दुःख गरेर ल्याएका चामल गाउँ तिर नबेच्नी, साहुकाे डाेकाे बरु केटाहुर्ले लाउरट पैसा पठाएसी तिर्न हुुन्च" आमाले थप्नु भयाे। " अँ, तैंले जानेईछस्, साहुकाे डाेकाे मासेर भात खानी भन्चे। साँईलाले ४ पाथी ल्याओछ, मैले ल्याएकाे १७ पाथीकाे धाेक्रा
बट २ पाथी झिकेसी तीज, सराद, दशैं सम्मला पुग्च, १५ पाथी भाेली तमास( गुल्मीकाे सदरमुकाम) लएर बेचेर साहुकाे दाम फर्काईदिनी हाे, १२ रुप्पे पाथी बिकेया छन् अरे चामल ” बाले भन्नु भयाे। दशैं पछि धारा खेतका काठे जिनुवा धान पाकुन्जेल त्यही चामलले पुग्याे सायद, बीचमा चामल सकिए भनेर आमाले बा
लाई भनेकाे सुनिन मैले।
दुःख र कष्टमा अबिचलित मेरा स्वर्गीय बा आमा प्रति श्रद्धा सुमन !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)