
विज्ञानः परम्परागत प्रविधि, हाम्रो मौलिक निधी
राजेशमान के.सी.
नेपालले विश्वको कूल क्षेत्रफलको जम्मा ०.०१ प्रतिशत भू–भाग मात्र ओगटेको छ । तथापि जैविक विविधताको दृष्टिले भने नेपाल सम्पन्न मुलुककै रुपमा चिनिन्छ । जैविक विविधताको दृष्टिले नेपाल विश्वको २६ औं स्थानमा पर्दछ । त्यसो त तराईदेखि हिमाल र पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म फैलिएको नेपालको भौगोलिक बनावट, भू–स्वरुप तथा उ“चाईमा ठूलो अन्तर भएकोले पनि नेपाल जैविक विविधताको हिसावले सम्पन्न मुलुकको रुपमा चिनिन पुगेको हो । (जैविक विविधता सम्बन्धी थप प्रसंग जैविक विविधता सम्बन्धी लेखमा उल्लेख गरिएका छन्) । यसबाहेक पनि नेपाली किसानहरुले १,८०० भन्दा बढी जातका धान खेती गरेको पाइन्छ । तीमध्ये कतिपय त लोप पनि भइसकेको बताइन्छ । यसका साथै नेपालमा ७०० भन्दा बढी प्रजातिका जडीबुटीहरु आयुर्वेद तथा अन्य औषधोपचारमा प्रयोग हु“दै आएको देखिन्छ । यस बाहेक प्रशोधन तथा अन्य प्रयोजनका लागि थुप्रै कृषि तथा वनस्पतिहरुको प्रयोग हु“दै आएको पाइन्छ ।
तथापि बढ्दो पश्चिमी रहनसहन र आधुनिकताको नाममा यस्ता जैविक विविधतासंग सम्बन्धीत परम्परागत ज्ञान क्रमशः ओझेलमा पर्दै गईरहेको महसूस हुन थालेको छ । यस्ता परम्परागत ज्ञान र प्रविधिको संरक्षण सम्बर्धनको कुरा छाडौ“ नया“ पुस्ताले यस किसिमको ज्ञान र प्रविधिप्रति एक किसिमको नकारात्मक धारणा राख्ने गरेको पाइन्छ । यसरी परम्परागत रुपमा नै एक पुस्ताबाट अर्को पुस्ता गरी सर्दै आएका यस्ता परम्परागत ज्ञान र प्रविधिप्रति बढ्दै गएको नकारात्मक धारणाले गर्दा हाम्रा स्थानीय जातका अन्नबाली, फलपूmल, तरकारी तथा वस्तुभाउ हिजोआज नौलो र विकासे जाति प्रजातिले गर्दा क्रमिक रुपमा लोप हुन थालेका छन् । यो ज्यादै दुख लाग्दो कुरा हो ।
वास्तवमा भन्ने हो भने वर्तमान विश्व परिप्रेक्ष्यमा हाम्रो विकासको अधिकतम स्रोत भन्नु हाम्रो आप्mनो परम्परागत ज्ञान र प्रविधि नै हो । जस्तो कोदालोले काटेको घाउ घोडताप्रेको रस निचोर्दा ठीक हुन्छ भन्ने ज्ञान हाम्रो पुर्खाकै हो । शरीरलाई शीतल राख्न र स्मरण शक्ति बढाउन समेत यो जडीबुटी प्रयोग गरिन्छ । अनि त्यस्ता जडीबुटीमा के के तत्व छन् भन्ने परीक्षण गरेपछि त्यसैको आधारमा आधुनिक खालका एलोपेथिक औषधि बनेका हुन् । घोडताप्रेको औषधियुक्त रसायन ैएशियाटिकोसाइट ै प्रयोग गरेर अहिले आधुनिक मलम, इन्जेक्सन आदिको नाममा यूरोपीयन बजारहरुमा समेत आउन थालेका छन् । सा“च्चै भन्ने हो भने आज जति पनि एलोपेथिक औषधिहरु बनेका छन् तीमध्ये धेरै जसो विभिन्न देशका परम्परागत औषधि उपचार गर्ने प्रविधि र जडीबुटीको आधारमा नै बनेका छन् । त्यति मात्र नभई कतिपय उन्नत कृषि विउवीजनको आविष्कार पनि परम्परागत ज्ञान र सीपमा आधारित हुन्छन् । जस्तो हाम्रो क्षेत्र वरपर पाइने लुई“चेकै कुरा गरौ“ न । लुइ“चे कुखुरा पाल्ने प्रचलन परम्परादेखि नै चलिआएको हो । यही परम्परा कालान्तरमा विकसित हु“दै गएर आज विश्वभरका मानिसले कुखुराको मासु र अण्डा खान पाएका हुन् । ती सबैको बंशाणुगत स्रोत लुइ“चे हो । यसरी परम्परागत ज्ञान र प्रविधिबाट नया“–नया“ औषधि, नया“ खाद्यबस्तु, नया“ घरपालुवा पशुपंक्षी र तिसंग सम्बन्धित कतिपय नया“ प्रविधिको आविष्कार हुन्छन् । कुरा यति मात्र हो कि त्यसबाट हामीले अधिकतम लाभ लिन सक्नु पर्दछ ।
परम्परागत ज्ञानको कुरा गर्दा कुन च्याउ खान हुन्छ र कुन हु“दैन भन्ने कुरा यसै ज्ञानको आधारमा निर्धारण गरिएको हुन्छ । त्यस्तै कुन कन्दमूल खानु हुन्छ र त्यस्ता कन्दमूल कसरी खानु पर्छ भन्ने ज्ञान पनि हाम्रा पुर्खाले सिकाएर गएकै कारण अहिले सम्म जीवित रहेको छ । त्यस्तै घरछेउमा तुलसी रोप्ने कुरा पनि हाम्रै पुर्खाले आर्जेको ज्ञान हो । जुन वनस्पतिको बहुउपयोगिता अहिले वैज्ञानिक रुपमा समेत पुष्टि भइसकेको छ । तुलसीको उपयोगिताबारे हाम्रो पुर्खालाई धेरै अगाडिदेखि नै थाहा थियो । जबकि वैज्ञानिक अध्ययन अनुसन्धानबाट यसको पुष्टी त धेरै पछि मात्र भएको हो । त्यस्तै विभिन्न प्रकारले माछा मार्ने सीप पनि परम्परागत रुपबाट नै सर्दै आएको ज्ञान र प्रविधि हो । त्यस्तै आप्mनो स्वास्थ्य स्थिति सन्तुलित तुल्याई राख्न चाहिने ध्यान, योग र प्राणायाम, वातावरण संरक्षण तथा नदी, कुवा, इनार, वनजंगल आदिको संरक्षण सम्बर्धन अनि भिन्न प्रजातिका विरुवाका जात उत्पादन गर्दा चाहिने ज्ञान वा प्रविधि परम्परागत ज्ञानमै आधारित रहेको पाइन्छ । दुःख लाग्दो कुरा के छ भने यस्तो महत्वपूर्ण प्रविधिको कुनै अभिलेख वा रेकर्ड हु“दैन । न त यसको कुनै तस्वीर, फोटो वा स्वरांकन नै रेकर्ड गरिएको हुन्छ । केवल एक पुस्ताबाट अर्को पुस्तामा अर्थात् जेनरेशन टु जेनरेशन मौखिक रुपमा वा व्यवहारिक कृयाकलापको आधारमा मात्र हस्तान्तरण गरि“दै आएको हुन्छ ।
नेपालमा खासगरी बढ्दो शहरीकरण, गाउ“बाट शहरतिरको बसाई“सराई, वन तथा प्राकृतिक स्रोतमाथि भएको अनियन्त्रित दोहन आदि जस्ता कारणले गर्दा विद्यमान परम्परागत ज्ञान र प्रविधि क्रमिक रुपमा लोप हु“दैे गइरहेको छ । यसले गर्दा परम्परागत ज्ञान र प्रविधिलाई प्रयोगमा ल्याएर आप्mनो जीविकोपार्जन गर्ने समुदायहरु समेत संकटमा पर्न थालेका छन् । यसका साथै त्यस्ता ज्ञान र प्रविध हाम्रो आप्mनै हो भन्ने चिनारी पनि हराउन थालेको छ । त्यसो त पश्चिमी रहनसहनको शैलीले गर्दा वर्तमान नया“ पुस्ताका कतिपय शिक्षित युवायुवतीहरु प्नि आप्mनो परम्परागत ईलम र पेशालाई चटक्कै छाडी अन्य पेशा वा व्यवसायतर्फ उन्मुख हुन थालेका छन् । जसले गर्दा हाम्रा कतिपय महत्वपूर्ण ज्ञान र प्रविधि क्रमशः लोप हु“दै गइरहेका छन् ।
निश्चय पनि गाउ“ नै गाउ“ले भरिएको र बहुसंख्यक जनता कृषिमा आस्रित रहेको हाम्रो जस्तो मुलुकमा परम्परागत ज्ञानको संरक्षण, सम्बर्धन र आधुनिकीकरणबाट नै जैविक विविधता संरक्षणमा महत्वपूर्ण टेवा पुग्न जाने देखिन्छ । यसका साथै त्यस्ता परम्परागत ज्ञान र सीपहरुको उपयोगबाट स्थानीय जनता वा समुदायको जीविकोपार्जनमा टेवा पुग्नुका साथै आप्mनो मौलिक राष्ट्रिय पहिचान कायम राख्न पनि महत्वपूर्ण योगदान पुग्न जान्छ । त्यसकारण स्थानीय रुपमा उपलव्ध यस्ता प्राकृतिक स्रोत र साधनहरुको अधिकतम उपयोग र सोसंग सम्बन्धीत विभिन्न ज्ञान, प्रविधि र सीपको संरक्षण, सम्बर्धन र आधुनिकीकरणद्धारा कृषि तथा घरेलु उत्पादनमा अभिबृद्धि ल्याउनु वर्तमान सन्दर्भमा टड्कारो आवश्यकता देखिन्छ । त्यति मात्र नभई नेपाल अन्तर्राष्ट्रिय जैविक विविधता महासन्धीको सदस्य समेत भएको नाताले पनि जैविक विविधता संरक्षण, त्यसको दिगो उपयोग र त्यसबाट स्थानीय तहसम्म समुचित अवसर र फाइदा पुग्ने व्यवस्था जस्ता मूलभूत कुराहरुबाट लाभ उठाउन सकिन्छ ।
समग्रमा भन्नु पर्दा परम्परागत ज्ञान र प्रविधिलाई लोप हुनबाट जोगाउन सर्वप्रथम त्यस्ता ज्ञान र प्रविधिको अभिलेखीकरण गरिनु आवश्यक पर्दछ । त्यसो त हाम्रो प्राकृतिक तथा बौद्धिक सम्पदाहरुमाथिको प्याटेन्ट राइट अरुले दावी गर्न नपावस् भन्नका लागि पनि त्यस्ता ज्ञान र प्रविधिको हक दावी लाग्ने अभिलेखिकरण हुनु अति नै जरुरी देखिन्छ । साथै यस किसिमको अभिलेखिकरणको माध्यमबाट एक ठाउ“को परम्परागत ज्ञान र प्रविधिलाई अरु समुदायमा लैजान पनि सहयोग मिल्दछ । यसबाट हाम्रो कृषि र घरेलु उत्पादनमा मौलिक र गुणात्मक अभिबृद्धि हुन गई स्थानीय समुदायलाई दूरगामी फाइदा पुग्नुका साथै नेपालका विभिन्न जिल्लाहरुमा हाल प्रमुख समस्याको रुपमा देखा परिरहेको खाद्य संकट र गरीवी निवारणमा समेत महत्वपूर्ण टेवा पुग्न जाने देखिन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)