
केटी साथीसँगको प्रेम भिन्दै खाले हुँदोरहेछ
दुर्गाप्रसाद शर्मा
यो प्रेम शब्द पनि अचम्मको छ । प्रेम, आमाबुवा, दाजुभाइ, दिदीबहिनी, छोराछोरी, नातिनातिना, इष्टमित्र सबैमा गरिन्छ तर युवा अवस्थाको केटी साथीसँगको प्रेम भिन्दै खाले हुँदोरहेछ ।
यो प्रेमले न कालो भन्छ न त सेतो नै । प्रेमले न धनी भन्छ न त गरिव नै । प्रेमले न जात भन्छ न त धर्म नै । प्रेमले न धेरै पढेको भन्छ न त अनपढ् नै ।

प्रेमलाई कसैले अन्धो भन्छन् त कसैले प्रेम अन्तरआत्माको आवाज हो भन्छ्न् । बुझौं ,प्रेम मुटुको धड्कन हो, सम्भाल्न जान्नु पर्छ । प्रेम विशुद्ध समझदारी हो, एकनासको हुनुपर्छ ।
प्रेम भावनात्मक हुन्छ, भावना बुझ्नु पर्छ । प्रेम एकलकाँटे हुनुहुँदैन, यो त बहुपक्षीय हुनुपर्छ । प्रेमले बाँच्न सिकाउँछ र कर्ममा चाँसो राख्छ ।
प्रेम धैर्यताको प्रतीक हो । अडाएर राख्न सिक्नु पर्छ । प्रेमको तौल हुदैन नत मोलमोलाइ । प्रेम अमुल्य रत्न हो, हिरासँग दाज्न हुँदैन । प्रेम अपारम्पार छ, कसैले देख्न सक्दैन न त छुन नै । यो त अदृश्य शक्ति हो, बिक्री पनि हुँदैन, खोसेर पनि लगिँदैन ।
प्रेम अचम्म र अथाह सागर हो , गहिराई नाप्न र जोख्न सकिँदैन । प्रेम पनि अचम्मको हुँदोरहेछ । प्रेम बिना जीवन जिउन गाह्रो हुन्छ ।
प्रेम सम्भालेर राखौं । यो नासो हो । पुस्तापुस्तासम्म अमर र अजर रहनु पर्छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



