
नायक राजबल्लभको ‘क्षमता’
राजबल्लभ कोइराला
दोहोरिरहने घामबीच
अनि उही जूनबीच
त्यही थोत्रा सपनाहरु
उ हरेक दिन फुकाउँछ
फैलाउँछ, सुकाउँछ र समेट्छ
त्यही पुराना योजनाहरु
उ हरेक दिन घिसार्छ
अनि त्यही दौरानमा
चट्टान बन्छ
पानी बन्छ
समय परिस्थति बखत
चट्टानबाट समेत
पानी निकाल्न सक्षम
यो मान्छे