आफूभन्दा डब्बल अग्ला महिलाहरूको डरले नै बेलुकी शहर घुम्ने योजना त्याग्नुपरेको थियो
पुष्करलाल श्रेष्ठ
नारायणघाटबाट मुग्लिनको हाइवे र कलंकीबाट पश्चिम नेपाल जाने हाइवेमा घण्टौं जाममा फस्न र दुर्घटनामा पर्न विवश नेपालीका लागि बेल्जियमको व्यवस्थित हाइवे सडक चन्द्रमाबाट समेत देख्न सकिन्छ भन्दा पत्यारै नलाग्न सक्छ । चन्द्रमाबाट पृथ्वीमा हेर्दा चीनको ग्रेटवाल मात्र देखिन्छ भनेर सुनिरहेको यस लेखकलाई पनि बेल्जियनले गर्वका साथ यो कुरा सुनाउँदा अचम्म लागेको थियो ।…
यसभन्दा अघिका युरोप भ्रमणसम्बन्धी लेखहरूमा युरोपका अधिकांश देशमा त्यहा“का जनताले शिक्षा र स्वास्थ्यको निःशुल्क सुविधा पाउने कुरा त पढ्नुभएकै होला, तर जनताको नामसमेत देशले नै जुराइदिने कुराचाहि“ पक्कै पनि पढ्नुभएको छैन होला ।
…
भोट हाल्न नजाने जनतालाई सरकारले जरिवाना तिराउँछभन्दा अचम्म लाग्यो ।
हामी नेपालीले मद्दपान गर्ने बहानामा छिन्छिनमा दुईवटा गिलास समातेर चियर्स गरेजस्तो हंगेरीमा पुगेर यसो गरियो भने तपाईं नराम्ररी फस्न सक्नुहुन्छ । यसो गरेबापत तपाईंलाई कुनै जरिवाना नगरे पनि उनीहरूले तपाईंलाई आफ्ना अगाडि असभ्य मानिस उभिएको जस्तै व्यवहार गर्छन् । यसरी चियर्स गरेको हंगेरियनलाई बिल्कुलै मन नपर्ने कुरा पनि त्यहीं पुगेर थाहा पाइयो ।
…
माओवादी दबाबका कारण नेपाल समाचारपत्र र महानगर एक सातासम्म बन्द गर्न बाध्य हुनुप-यो । नेपालको इतिहासमै अभिव्यक्ति स्वतन्त्रतामाथि यसरी धाबा बोलिएको यो पहिलो घटना थियो । नेपाली पत्रकारिताका विद्यार्थी र अभिव्यक्ति स्वतन्त्रताका पक्षपाती अधिकारकर्मीका लागि यो अध्ययनको विषय बनेर रहनेछ ।
…
तीन घण्टापछि राहत सामग्रीसहित दर्जन हेलिकोप्टर काठमाडौंमा ओराली सहयोगको हात बढाउने भूकम्पलाई झेल्न सफल एवं अनुभवी छिमेकी समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीजस्ता विज्ञहरुको सल्लाह सुझाव लिएर अल्पकालीन र दीर्घकालीन योजना अघि सार्ने हो भने अझै विदेशी दातृ निकायहरुको विश्वास जित्न सकिने अवस्था छ । मोदीले गएको शुक्रबार भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायलाई भेटी नेपालमा भूकम्पपछिको अवस्था सहजीकरणका लागि आफूले एक अधिकृत नियुक्त गर्न लागेको जानकारी गराएबाट पनि उनी स्वयं नेपाललाई सहयोग गर्न लालायित रहको देखाउँछ ।
…
नेपाली सेना हाइटियन जनताको अभिभावकजस्तै बनिसकेको छ । हाम्रा कुनै गर्भवती छोरी बुहारीलाई व्यथा लाग्दा होस् यो उनीहरुको अस्मितामाथि अपराधीले धावा बोल्दा होस् हाम्रो सहयोग र सुरक्षामा सबैभन्दा अगाडि उभिएर साथ दिने नै नेपाली सेना हो । मिलनसार नेपाली सेनाको बोलीबचन र व्यवहारबाट हामी अत्यन्तै प्रभावित छौं ।
…
नेपालमा भर्खरै सम्पन्न आमनिर्वाचनमा वाम गठबन्धन (कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर लडेको चुनाव)ले बहुमत हासिल गरेपछि सरकार बनाउन तयारी भइरहेका बेलामा कम्युनिस्टले राजनीति नै गर्न नपाउने देश स्लोभाकियाबारे लेख्दै छु । मध्ययुरोपको नेपालजस्तै सानो भूपरिवेष्ठित देश स्लोभाकियामा माक्र्सवादी–लेनिनवादी विचारधारा बोकेकाले त राजनीतिक पार्टीसमेत खोल्न नपाउने कुरा त्यहीं पुगेपछि मात्र थाहा पाएँ ।
…
अर्को कुरो, इटलीमा सबैभन्दा बढी माफियाहरूको चलखेल हुने भएकाले युरोपका अरू मुलुकमा जस्तो इटलीमा बेलुकी एक्लै घुम्न जान पनि डर भइरहने । आँट गरेर निक्लिहाले पनि निकै सिँगारपटार गरेर सडकमा ढुकिरहेकी महिलाहरूबाट हैरान भइरहनुपर्ने अर्को समस्या इटलीमा देख्यांै । आफूभन्दा डब्बल अग्ला चुरोट च्यापेर बसिरहेका महिलाहरूको डरले नै हामीले बेलुकी शहर घुम्ने योजना त्याग्नुपरेको थियो ।
…
स्लोभाकियामा एउटा यस्तो वेश्यालय पनि रहेछ जहाँ सित्तैंमा सम्भोग गर्न पाइन्छ । यस वेश्यालयमा सम्भोग गर्न धेरै पुरुष मरिहत्ते नै गर्छन् । यस वेश्यालयमा सम्भोग गर्नका लागि पुरुषले एउटा सर्तको भने पालना गर्नुपर्ने हुन्छ, जुन हामीजस्ता नेपालीलाई स्वीकार्य नहुन पनि सक्छ ।
तपाईंले जतिसुकै पैसा तिरे पनि प्रायः यहाँका वेश्याहरू ओठमा चुम्बन गर्न मन पराउँदैनन् । भन्छन्– ‘ओठमा भावनात्मक सम्बन्ध भएका जोडीले मात्र चुम्बन गर्ने हो ।’
…
फुटबल, टेनिस, बास्केटबल, साइक्लिङ, जुडो र पौडी खेलमा अब्बल यो देश क्रिकेट खेलको जन्मदाता भएको नेपालमा लोकप्रिय भए पनि स्वयं नेपालका क्रिकेट खेलाडीलाई समेत थाहा नहुन सक्छ । किनभने नेपाली अहिले पनि क्रिकेट खेल बेलायतबाट शुरू भएको मान्यता राख्छन् ।
…
दुर्भाग्य नै भन्नुपर्छ, हलिउड स्टुडियोभन्दा पनि राम्रो देशमा जन्मेर पनि बाँदर आचरणले गर्दा हामीले स्वर्गजस्तो देश नेपाललाई न अस्ट्रियाजस्तो बनाउन सक्यौं, न त स्विजरल्यान्ड जस्तो १
…
जिउँदै जलाएर मारिनेभन्दा विष खुवाएर, गोली ठोकेर, खानै नदिई भोकभोकै पारेर, ग्यास चेम्बरमा राखेर र लात्ताले हान्दै जंगलमा लगेर मारिनेहरूलाई उल्टो भाग्यमानी कैदी मानिँदो रहेछ ।
…
यस्तो अवस्थामा राष्ट्रिय सरकार, सहमतीय सरकार, १५ हजार जस्तापाता कि ५० हजार राहत रकम दिने, अर्थमन्त्रीले बा“ड्ने कि गृहमन्त्रीले भन्नेतिर नलागी प्रधानमन्त्री स्वयंले दृढ इच्छाशक्ति देखाएर पीडितसम्म यथेष्ट राहत पुग्ने र राष्ट्र पुनर्निर्माण गर्ने ठोस योजना ल्याउन सके अझै पनि ढिलो भइसकेको छैन ।
…
त्यसो त गणतन्त्र आएपछि नेपाल पनि स्वर्ग हुन्छ भनी नेताहरूले हामी जनतालाई सपना नबाडेका होइनन् । तर, यसको ठीक उल्टो देशलाई नर्कजस्तो बनाइए पनि राजनीतिक पार्टी, नेता र कार्यकर्तालाई भने देश स्वर्गजस्तै लाग्ने गरेको छ ।
…
यद्यपि उनले जे नहुनु थियो सबै भइसकेपछि ‘म बहकिएँ, अर्काको कुरामा लागें’ भनेर माफी त मागे, तर उनले अपूरणीय क्षति पु¥याइसकेका थिए । ३२ प्रभावशाली व्यापारी लगानीकर्ता भएको कम्पनीमा माओवादीसँग आमुन्ने–सामुन्ने गर्नुपर्दा ड्याडी मात्र एक्लो ।
…
५ जुन २०१७ का दिन इटलीको सुन्दर ठाउ“ भेनिसबाट यात्रा प्रारम्भ गरेकाले हो कि यसपटकको इटली भ्रमण शुरूदेखि नै रोमाञ्चक बनेको थियो । प्रेमी जोडीहरूका लागि स्वर्ग मानिने यस ठाउ“मा पुग्दा ६० को उमेर छुन लागिसकेका हामीलाई समेत तन्नेरीको अनुभूति भएको थियो । झट्ट हेर्दा समुद्रमाथि बनाइएको शहरजस्तो लाग्ने पानीको शहरको नामले विश्व प्रसिद्ध यो ठाउ“मा सयभन्दा बढी टापु रहेछन् ।
…
माओवादी सशस्त्र द्वन्द्वका कारण मुलुक र आफूले पाएको दुःख र तनाबका बारेमा कुरा गर्दा धेरैका आँखा रसाए । आफ्नो थातथलो छोडेर विस्थापित हुनुपर्दाको घटनाले उपस्थित व्यक्तिहरूको छाती भक्कानिएको थियो । विनोद मानन्धर र रतन सुवेदीलाई म अहिले पनि सम्झिरहेको छु, उहाँहरू बार्दलीमा निस्केर रोइरहनुभएको थियो ।
.
उहाले नेपालमा जस्तै माधव नेपाललाई प्रधानमन्त्री बन्न नदिन गिरिजाप्रसाद कोइरालाले भाजो हाल्ने, केपी ओलीलाई उपप्रधानमन्त्री बन्न नदिन माधव नेपालले कसरत गर्ने, लोकेन्द्रबहादुर चन्दको खुट्टा तानेर सूर्यबहादुर प्रधानमन्त्री बन्ने, आफ्नै पार्टीका नेता सूर्यबहादुर थापाको कुर्सी खोस्नका लागि पार्टी अध्यक्ष पशुपतिशमशेर सडकमा ओर्लने, राजाको विश्वासपात्र भएकै कारण मोहम्मद मोहसिन सम्माननीय पदबाट ओर्लेर भए पनि माननीय मन्त्री स्वीकार्ने, पार्टीका अरु नेतालाई मौका दिनुपर्ला भनेर उपप्रधानमन्त्री भइसकेका सद्भावनाका बद्री मण्डलले आफै मन्त्री पद टप्काइदिने संस्कार देखाउनुभएन, बरु ठीकविपरीत आफ्नो राजीनामासँगसँगै वर्तमान प्रधानमन्त्री चौधरी सुजात हुसेनको नाम भावी प्रधानमन्त्रीका लागि सिफारिस गरिदिएर राष्ट्रपति मुसर्रफलाई सजिलो बनाइदिनुभयो र मुलुकलाई राजनीतिक अस्थिरताबाट समेत जोगाइदिनुभयो ।
…
हाइटीका कयौं मन्त्री त ज्यान बचाउनै मुस्किल भएका कारण छिमेकी मुलुक अमेरिकाको मायामीमा बस्छन् र आफ्नो विभागीय मन्त्रालयको निर्णय गर्नुपर्ने टिप्पणीका फाइलहरु मायामीमै झिकाएर हस्ताक्षर गरी पठाइदिन्छन् ।
…
नेपालमा जस्तो मठ–मन्दिर सायद भारतबाहेक संसारमै अन्यत्र कतै होला । ३३ कोटी देवताहरू बसोबास गर्ने देश भएर पनि संसारको सबैभन्दा दुःखी जनता हामी नै हौं कि जस्तो लाग्छ । आश्चर्यको कुरा त के भने, चेक गणतन्त्रका अधिकांश जनता भगवान्लाई विश्वास गर्दैनन् । भगवान्लाई हल्का मात्र विश्वास गर्ने पनि मुस्किलले १९ प्रतिशत होलान् कि भन्छन् यहा । तैपनि यो मुलुक विश्वको ४९औं ठूलो अर्थतन्त्र भएको देश हुनुमा यहा“का इमानदार नेता र लामो समयसम्म परिश्रम गर्ने चेक जनता नै हुन् भन्ने कुरा रिपोटर्स विदाउट बोर्डस्जस्ता थुप्रै अन्तर्राष्ट्रिय संस्थाहरूले गरेको अध्ययन र विश्लेषणबाट साबित भइसकेको छ ।
…
युरोपका अस्पताल र निजी क्लिनिकमा मलाई गरिएको उपचार पद्धति हेर्दा त्यहा“ डाक्टरको हातमा बिरामी परेपछि उनीहरू पैसालाई भन्दा मानवीयता र डाक्टरको धर्मलाई पहिलो प्राथमिकता दिदा रहेछन् भन्ने अनुभूति गरायो । अर्को, कुनै अस्पतालले बिरामी भर्ना लिइसकेपछि बिरामी निको नभएसम्म पूरै जिम्मा अस्पतालले लिने गर्दा रहेछन् । फेरि जुनसुकै रोग लागेर बिरामी अस्पताल पुगे पनि सो बिरामी अरू कुनै रोगले पनि ग्रसित छ कि भनेर जा“च गरिदो रहेछ ।
…
यति भन्दै उनले अर्को एउटा थप कुरा पनि भनिन्– ‘तपाईंलाई हर्निया पनि रहेछ । त्यसको पनि उपचार गर्ने भए म तयार छु । आधा घण्टा समय लाग्छ । तत्कालै गर्नु जरुरी त देख्दिन, तैपनि तपाईंको विचार ।’ जीवनमा मलाई हर्नियाको पनि समस्या छ भन्ने कुरा पहिलोचोटि थाहा पाएँ । नेपालमा हरेक वर्ष अस्पताल गएर म पूरै शरीर जचाउने गर्छु । यसो गरेको पनि १५ वर्ष भयो होला । तर कुनै डाक्टरले मलाई यसबारे जानकारी गराएका थिएनन् । हामीकहाँको समस्या भनेकै यही हो । इमर्जेन्सी परेपछि मात्र औषधोपचार हुने, त्यो पनि महगोमा ।
…
पित्तथैलीमा पत्थर जमेर १० वर्षसम्म दुःख पाइरह“दा पनि मलाई नेपालका एक जना वरिष्ठ डाक्टरले ग्यास्ट्रिक भन्दै औषधि खुवाइरहे । फुटबल खेल्दा खुट्टा नै बाङ्गो हुने गरी घुँडामा समस्या हुदासमेत मलाई आजभन्दा ३५ वर्षअघि खुट्टा मर्केको भन्दै ब्यान्डेज मात्र लगाइदिएर वीर अस्पतालबाट डिस्चार्ज गरिएको थियो । यसले गर्दा जीवनभर खेलजीवनबाट संन्यास लिन बाध्य हुनुप¥यो । अहिलेका अर्थोपेडिक डाक्टरहरूले मेरो घु“डाको जा“च गर्दा बेलैमा यसको शल्यक्रिया गरिदिएको भए मैले यस्तो नियति भोग्नुपर्ने थिएन भन्ने गर्छन् ।
(स्व. श्रेष्ठको भर्खरै प्रकाशित ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पुस्तकका यी विशेष अंशहरु उपलब्ध गराएकोमा स्व. श्रेष्ठका जेष्ठ पुत्र दिरेकलाल श्रेष्ठलाई धेरै धन्यवाद् । सम्पादक, नेपालनाम्चा)