लिडियाले भनी, ‘हेरेर मात्रै पुग्दैन’

यात्रा सम्झना (स्वीजरल्याण्ड)

अनिल बस्नेत
२ नम्बर प्रदेश सदस्य, नेकपा (माओवादी केन्द्र)
वर्दिबास ८, महोत्तरी ।

दृष्य मनोहक थियो अनि हृदय हर्षविभोर । दृष्टिलाई टाढाटाढासम्म पुर्याएँ ।

धेरै टाढा, सयौं फिटमाथि सिधा आकाशतर्फ फालिएको पानीले मनोहकतामा ‘बैँस’ भरिदिएको थियो अनि फर्किएर बजारिएको त्यहि पानीको ध्वनिले ‘बैँस’मा मीठास थप्दै थियो ।

म एक यात्री । रमाउँदै थिएँ । दृश्य र परिवेशसंगै हर्षविभोर बन्दै गएँ । तर, त्यहि दृश्य र परिवेशलाई क्यामेरामा कैद गर्न भने भुल्दै थिएँ ।

सोही बखत, कसैले मलाई पछाडिबाट सुस्तरी बोलायो । फर्केर हेरें । अचम्म, अघि मैले हेरिरहेको त्यो सुन्दरता धेरै नै फिका थियो, उनीसामु ।

उनले सोधिन्, ‘साह्रै सुन्दर छन्, यी दृश्यहरू हगि ?’

मैले मुन्टो हल्लाएँ तर दृष्टि उनमै अड्याएँ ।

उनी एक अपरिचित । बोल्दै गइन् । म सुन्दै थिएँ ।

उनी त्यहाँका सुन्दरताका वर्णन गर्दै थिइन् । म भने उनकै सुन्दरतामा हराउँदै गएँ ।

अकस्मात ! उनले मेरो क्यामरा मागिन् । मैले दिएँ । उनी भन्दै थिइन्, ‘दृश्यलाई हेरेर मात्रै पुग्दैन, कैद गरेर राख्नु पर्छ ।’

‘हुन्छ’, मैले भनेँ ।

उनले पोजसहित उभिन लगाइन् ।

म रनभुल्लमा परें ।

उनले क्यामेराको नजरबाट मसहितको दृश्य नियाल्दै थिइन् । म भने मेरै नजरबाट उनीसहितको दृश्य नियाल्दै थिएँ ।

उनले मुस्कुराउन भनिन् । म मुस्कुराएँ ।

उनी भन्दै थिइन्, ‘साह्रै मीठो मुस्कुराई दिनु भो त, रेडी वान, टू, थ्री … खिचिक्क खिचिक्क खिचिक्क ।’

क्यामेरा उनले मेरो हातमा थमाइदिइन् । मूस्काराउँदै ‘सि यू’ भनिन् ।

म अवाक थिएँ। सम्हालिदै भनेँ, ‘अनि तपाईंको नाम ? कहाँबाट आउनु भएको थियो होला ?’

उनले मुस्कुराउँदै भनिन्, म नर्वेली हुँ । स्वीजरल्याण्ड घुम्न आको थिएँ । अब फर्कन लागेको । मेरो नामचाहिँ लिडिया हो ।

यति भनी उनी हात हल्लाउँदै मबाट बिदा भइन् । म भने उनी ओझेल नभएसम्म उनलाई पछाडिबाट हेरि नै रहें ।

धेरै दिनपश्चात् क्यामेरामा कैद फोटोहरू हेर्दै थिएँ । अकस्मात ! उनले खिचिदिएको माथिको कभर फोटो मैले भेट्याएँ । फेरि उनीसँगको छोटो भेटको त्यो सम्झना पूनः ताजा बनेर आइदियो तर अलि खल्लो र विस्मात पनि लाग्यो किनकी उनको तस्वीर भने मेरो क्यामेरामा कैद रहेन छ ।

आज उनले भनेका कुराहरू पुनः सम्झँदै छु, ‘दृश्यलाई हेरेर मात्रै पुग्दैन, कैद गरेर राख्नु पर्छ ।’

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button