पानीको निर्मलतासँग भाग्न खोज्छौ, आगोको लप्का चुम्न खोज्छौ

कविता: बाबु छोरा प्रतिविम्व तिमीलाई जन्मदिनको शुभकामना

पारसमणि घिमिरे

बाबु प्रतिविम्व तिमी सानै छौ
पानीको निर्मलतासँग पनि भाग्न खोज्छौ
आगोको लप्का पनि चुम्न खोज्छौ
थाहा छैन तिमीलाई के हो आगोको लप्का ?
के हो पानीको निर्मलता ?
विल्कुल अकुलषित छ तिम्रो आत्मा
विल्कुल स्वच्छ छ तिम्रो चरित्र ।

बाबु प्रतिविम्व तिमी सानै छौ
मान्छे बन्न चाहन्छौ, ठूलो हुन चाहन्छौ
तर, थाहा छैन तिमीलाई
मान्छेभित्रका कहानीहरु
ठूलो बन्नेका कर्तुतहरु
विल्कुल अकुलशित छ तिम्रो आत्मा
विल्कुल स्वच्छ छ तिम्रो चरित्र ।

बाबु प्रतिविम्व तिमी सानै छौ
मान्छे हुने निहुँमा
ठूलो बन्ने रहरमा
आहार पनि त्यागी दिन्छौ
विकार पनि खाइदिन्छौ
तर थाहा छैन तिमीलाई
विल्कुल अकुलषित छ तिम्रो आत्मा
विल्कुल स्वच्छ तिम्रो चरित्र ।

तिमी ज्ञानी बन्दै जानु
ठुलो हुँदै जानु
ममी बाबाको आज्ञाकारी हुनु
गुरुहरुलाई सम्मान गर्नु
पढाइमा ध्यान दिनु
साथीहरूसँग झगडा नगर्नु
तर
तिम्रो आत्मा कुलशित नै होस्
तिम्रो चरित्र स्वच्छ नै रहोस्
बाबु छोरा प्रतिविम्व तिमीलाई जन्मदिनको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button