
२०७६ देखि कोरोनाले झन् धौ धौ !
कविता
गीता चालिसे
चीनबाट सल्केको कोरोना महामारी
भुसको आगो सल्के झैं युरोप इटाली
मानविय क्षति, विश्व नै डर, त्रासको विपत्ति
नेपालमा पनि पुर्व तयारी, राहत कोष आपत्ति ।
विपन्न वर्गलाई मध्यनजर राहत अनुदान
समाजसेवी अग्रणी भई खाद्य वितरण
विपन्नको दुर्दशा ३ किलो चामल
नपाक्ने १ किलो दाल ।
कसरी समाउनु निमुखाले धिक्कारे !
मरी जान आखिर कसलाई पो हुन्छ चाहना ?
परिवार पाल्नै गर्नुछ मुश्किलको सामना
कोरोनाकै कहरमा पिएम चुनाव गर्ने होडमा ।
२०५८ मा राजा गुमायौं
२०७२ मा भुकम्पले भत्कायो
२०७४ मा नाकाबन्दीले धौ धौ
२०७६ देखि कोरोनाले झन् धौ धौ !
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)