श्रीमतीको व्याग

लघुकथाःश्रीमती

सीता रेग्मी
सुन्दरहैँचा, मोरङ ।

‘कैले गतिलो पकाए पो । आज त झन् लौकामा एक भाँडो झोल हालेकी, मुखमै हाली नसक्नु ! मैले त सबै उसैलाई खन्याईदिएर हिडें’, नरेशले फुर्तिका साथ महेशलाई सुनायो ।

महेश पनि कि कम सुनाईहाल्यो, ‘हेर न ! मेरीको पनि उही हाल छ, कहिल्यै सिलौटामा मसला पिनेर तरकारी पकाउँदिन।’

‘ए हो र, अनि केमा पिस्छिन् त कि प्याकेटकै मसला चलाउँछिन् ?’

‘के को प्याकेट नि मसला न ससला, त्यसै उसिनेर राख्छे । खाई सक्नु भा पो । त्यही भएर म पनि खाना नै नखाई हिँडिदिएँ’, उसले थप्यो।

दुवै प्रसन्न मुद्रामा भट्टी भित्र पसे । रक्सीको नशामा खै के के मिसाएर खादै गएँ ।

‘ओई ! नरेश कति खाको, अहिले साउनीले यति धेरै उधारो हुँदैन भनेर किचकिच गर्छिन् फेरि’, महेशले साथीलाई सचेत गराउन खोज्यो ।

‘पैसाको चिन्तै नगर न । आज जति खाए नि पुग्ने पैसा लिएर आको छु के !’, नशामा डुविरहेको नरेशले गर्वका साथ भन्यो।

‘हैन, तैले पैसाचाहिँ कहाँबाट ल्याईस् नि ?’, महेशले आश्चर्य व्यक्त गर्यो ।

‘उसैको व्यागबाट सुटुक्क झिकेर ल्याको के, यसरी झिकेको त्यो बुद्धुले थाह नै पाउँदिन’, नरेशले हाँस्दै उत्तर दियो ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button