
मेरो एउटा सानो मन छ
सुशीला नेपाल
बेसाहारा बिना हिँडेकालाई लौरो बनी सहारा दिने मन छ
जीवन के हो नबुझ्नेलाइ दुख बाँडी बुझाउने मन छ ।
घर परिवारको मायाबिना बाँचेकालाई आमा बनी हौसला दिने मन छ
संसारका सबै जस्तोसुकै हुन् तर मलाई आफै केहि गर्ने मन छ ।
तिम्रो तितो बोलीमा मिठास भर्ने मन छ
बरालिएको तिम्रो मनलाई सम्हालिदिने मन छ ।
समाजका कुरितीलाई हटाई नयाँ बहार ल्याउने मन छ
हरेक परिवार नछुटाउनका लागि जनचेतना जगाउने मन छ ।
आफै कमजोरीहरुलाई बिस्तारै हटाउने मन छ
तिम्रो कठोर मन लाई पगाल्ने मन छ ।
आखिर मर्दा के लान्छौ र प्रिय तिम्रो लागी दूनियाँ हराउने मन छ
आइदेउ न मेरोसामु तिम्रो दुखलाई भूलाई सुखको झुपडीमा जीउने मन छ ।
तिम्रो न्यानो काखमा सधै हराउने मन छ
सम्पति र पैसा नै ठूलो होइन नि प्रिय
सन्तुष्टीका साथ तिम्रो साथमा अन्तिम सास-संसार छोड्ने मन छ ।
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



