
एक पलको वियोगमा बाँच्न सक्दिन भन्नेहरु धोकाको जालझेलले हृदयलाई चुटेर जान्छन्
गजल
सुषमा अंशु
तिम्रो यादमा आँखाबाट आँशु छुटेर जान्छन्
हृदयमा बनेका प्रेम सिसमहल फुटेर जान्छन् ।
आफ्नै हौ भनी हक जताउनेहरुले पनि
स्वार्थले परिवर्तन भई भावना लुटेर जान्छन् ।
अनुभूतिको एक एक इट्टाले बनाएको सम्बन्ध
क्षणिक आवेगको हुरी-बताससँगै टुटेर जान्छन् ।
प्रिय लाग्छ भन्ने पुरानो सम्बन्ध किनारा लगाई
महत्वकांक्षाको आडमा नयाँ साइनो खुटेर जान्छन् ।
एक पलको वियोगमा बाँच्न सक्दिन भन्नेहरु
धोकाको जालझेलले हृदयलाई चुटेर जान्छन् ।
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)




गजब् को समय सान्दर्भिक गजल ‘एक पलको वियोगमा बाँच्न सक्दिन भन्नेहरु
धोकाको जालझेलले हृदयलाई चुटेर जान्छन् ।