अठोट छैन अब सगरमाथा छुने

कविताः धेरै भो

लीना बानियाँ

लाग्दैन रहर अब जिन्दगीको
जति बाँचे यहाँ यहि धेरै भो
खोज्दैन प्रहर अब कुनै मिठो
जति साँचे यहाँ यहि धेरै भो ।

अठोट छैन अब सगरमाथा छुने
जति चढन सकें त्यही धेरै भो
उडान छैन अब सपनाको कुनै
जति भर्न खोजें त्यही धेरै भो ।

सम्झना अटाउने अब भण्डार छैन
जति समेटे अब यहि धेरै भो ।

यथार्थ कोर्ने अब पन्ना चाहिन्न
जति लेखें अब यहि धेरै भो
बिगत दर्शाउने अब्द ऐना चाहिन्न
जति देखें अब त्यही धेरै भो
अब त्यही धेरै भो !

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button