कोरानो ‘एन्ड’ लकडाउन ‘इन’ कविता

शकुन्तला देवकोटा

कोरोनालाई जित्न चाहिने आहार पोषणा
दिनदिनै लकडाउनको कडा घोषणा ।

बाँच अनि बचाऊ भन्ने बन्छ देशमा नारा
घरभित्र थुनिएर के खान्छन् र सारा ?

बिहान बेलुका काम गरेर पेट पाल्नु पर्छ
सरकारले राहत प्याकेज कहिले अघि सार्छ ?

बेच्दै हिँड्थे जहान पाल्न फलफूल तरकारी
सानालाई त लागू हुन्छ नियम सरकारी ।

आजबाट बन्द अरे रेक्सा, ठेला गाडा
कसो गरी तिर्लान तिनले अब कोठा भाडा ?

जनतालाई गाह्रो बन्दै जिवनयापन गर्न
प्रधानमन्त्रीले भने फेरि आऊ चुनाव लड्न ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button