
अति भएपछि अमृतको ‘अ पोइटिक पोलिटिकल सटायर’
कविता / चुनाव
अमृत लामिछाने
कुश्मा -१०, पर्वत ।
पहिले
भोट खेर जाँदैन है
हाल्नुहोस् ड्यामका ड्याम
हामी मिलिसक्यो नि कमाऊनिष्टहरू
के सुन्नु भो हजुर ? हामी कम्युनिष्टहरू ।
हामी अग्रगामी पथमा लम्किसक्यौ है
हामीसँग कार्ल मार्क्स, फेड्रिक एङ्गल्सहरू छन्
माओत्से पनि अब त हामीसँगै आऊनुभो
देश विकासमा अब कम्प्रोमाईज त हुदै हुँदैन
तर कहिलेकाहि हाम्रा आफ्नालाई पनि भाग चाहिन्छ है ।
(हाम्रो लागि त तिमीहरूलाई के सोधिराख्नु)
अब रोगै भोकै कोही मर्दैन
अब एसी, फ्यानका जमाना पुराना भए
पुर्ब पश्चिम उत्तर दक्षिण मेट्रो रेलमा सरर्र हावा खानी हो
देशको पैसा बढाउनु परेन त, अव हरेक युवाहरू विदेश जानी हो ।
(काठका बाकस त हामी गर्छौ नि ब्यबस्थापन )
हामी अब स्थिर छौ है
७२ को जस्तै भुकम्प भने आउन सक्छ
तर खैर देश र जनताको साझा विश्वासले कटिबद्द छौ
हामी छुट्टिने त कुरै छैन
आउनुहोस् देश विकासमा हातेमालो गरौ
(छ्या किसानको हात मैलो पो छ त)
हात मिलाउन मिलाएजसरी हातेमालो गरौ है त ।
आमा भोट के मा रे- सुर्यनारन बृद्धा भत्ता पाँच हजार पुग्छ !!
कता केटा सिलिन्डर बोकेर ? छोड्दे- म घरमै ल्याइदिन्छु पाइप
अब त सरर्र जलकृडा गर्ने हो आफ्नै जहाजमा
नेपाली पानीजहाज हेर त आइसक्यो पारी समुद्रमा
युवालाई अब त देशमै छ रोजगारी
प्रति बाईक हजार मिल्छ केटाहरू ल्याए बाईकभरी
कराऊदा भोकलागे छ नि चिउरा र मासु
अब कुनै नेपालीको आखामा झर्दैन आसु
अहिले
कोही फुटाउन आउका रैछन फुटाएर गए
कोही भाग नपुगेर नाता टुटाएर गए
अघिल्लो पाली जे भयो भयो
यो पाली त जसै देश बिकास गर्छौ ।
धरहराबाट हेरे रोगी र भोको चाहि कोही रैनछ
मेट्रो पछि आऊनेभो सितल हावा खान त धरहरा छ नि
रानी पोखरी त भरिभराउ छ हेर त
पानी जहाज पनि अलिक पछि मात्र पर्या हो नि ।
खासै नौलो केही छैन त्यही पुराना काम सबै गर्छौ
भोट दिएर जिताऊनुहोस् अनि देश बिकासमा सर्छौ
भ्याक्सिनबारे चुनावपछि सोचौ है;
बेसारपानी अम्बा कागतीको पानी खाऔ,
माक्स लगाऔ तर भोट हाल्न चाही जसै जाऊ ।
(ईम्युनिटी त बीर गोर्खालीको छँदै छ नि)
…
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)