
छरपस्ट सबै सुझावका कुराहरु
गजल
गोविन्द श्रृङ्खला
१४, काठमाडौं ।
बुझाई के ज्ञान किताबका कुराहरु,
राम्रोभित्र सूक्ष्म, खराबका कुराहरु ।
उपदेश दिने छैनन् कमी दुनियाँमा,
छरपस्ट सबै सुझावका कुराहरु ।
छैन अपनत्व, सतहमा दृश्य यस्तै,
आफ्नैबीच मनमुटावका कुराहरु ।
आत्म केन्द्र बनेपछि, भाव मरेपछि,
हुन्छ के लौ यहाँ लगावका कुराहरु ।
कोपिला नै डालीबाट झरिगएपछि,
खै कसोरी हुन्छ गुलावका कुराहरु ।