खोजिरहने छु म बुद्धलाई

कविता

रूपा थापा
नुवाकोट ।

नियाल्नु छ मलाई त
आफैभित्र एउटा बुद्धलाई ।

त्यागेर सारा यो मोहको जालोलाई
आफैभित्र बलिरहेको
सारा अहङ्कारलाइ जलाएर ।

सोध्नु छ आफैलाई
म हिँडेको बाटोले
पुर्याउँछ कि चोट कतै
कोमल ती फूलहरुलाई ।

यहाँ फूलको सुगन्धमा
बारुदका गन्ध भर्नेहरुले
अशान्तिका बीजहरुलाई छरेर
नबनाउन घायल फेरि कुनै बचेराहरुलाई ।

म निशव्द बनेर
यो कोलाहालमा जब नियाल्न थाल्छु
आफ्नै आँखाभित्रको
एउटा शान्त ताललाई ।

खोज्नु छ मलाई त यहाँ
म भित्रै एउटा सत्यता
भेट्नु छ मलाई त बुद्धलाइ यँहा
आफ्नै आत्माभित्र ।

मेरो आँखाभित्र नभरिउन् कैले
इर्ष्याका ती छालहरुले
मेरो मनभित्र नडुलोस् कैले
ती लोभी भमराहरुले ।

जबसम्म भेटिने छैन
आफैभित्र एउटा बुद्धलाई
जबसम्म अपनाउन सक्दिन म
आफैभित्र एउटा बुद्दत्वलाई ।

खोजिरहने छु म त्यसैगरी
आफैभित्र एउटा बुद्धलाई ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button