पवन आचार्यको ‘मायाको खाडल’

लकडाउन कविता

बिहान सखारै आँखाबाट उडेका
एक जोडी सपना
सूर्यास्तपछि पनि बासमा नफर्किएजस्तो
आँखा उघ्रिएसँगै
विलिन् भएको
सपनाको राजकुमारीको प्रेमकथाजस्तो
एकअर्कासँग जोडिएर पनि
एक नहुने
खोलाको दुई किनारजस्तो
भेटेदेखि र छुट्नुअघिसम्म
तिमीमै अड्ने नजर
आलस्य र थकानले चुरचुर भएर निदाएजस्तो
सागर गई मोती टिप्ने
हाम्रो उत्कट अभिलाषा
सतहमै विलिन भएजस्तो
त्यसैले,
अचेल मलाई लाग्न थालेको छ
अक्षर पढ्ने तिमी
जीवनको उतारचढाव पढ्ने मबीच
मायाको ठूलो खाडल छ
लम्बिँदो लकडाउनले छोट्याएको छ त
केवल तिम्रो सम्झनाका खातहरु ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button