गजल: बुझिराख ! जुनेलीमा आउजाउ गर्दा
तिमी सोध्छ्यौ आँखाबाट दृष्य कहाँ गयो ? कदर पनि बदलिन्छ मौसम अनुसार
अनिल थापा
रहर पनि बदलिन्छ मौसम अनुसार
नजर पनि बदलिन्छ मौसम अनुसार
समयले वासना त्यो चुसेपछि सारा
अधर पनि बदलिन्छ मौसम अनुसार
भाग्य न हो घुमिदिन्छ कता कता सधैं
बगर पनि बदलिन्छ मौसम अनुसार
तिमी सोध्छ्यौ आँखाबाट दृष्य कहाँ गयो ?
कदर पनि बदलिन्छ मौसम अनुसार
बुझिराख ! जुनेलीमा आउजाउ गर्दा
डगर पनि बदलिन्छ मौसम अनुसार