बेसाहारा मलाई तिम्रो साथ चाहिएको छ, जीवनभर नछुटिने हात चाहिएको छ

गजल

अर्जुन समिप
नेपालगञ्ज, बाँके ।

बेसाहारा मलाई तिम्रो साथ चाहिएको छ
जीवनभर नछुटिने हात चाहिएको छ !

कसम खादै भन्छु सानू सँगै जिउने मर्ने,
अरु हैन तिम्रो न्यानो काख चाहिएको छ !

दुख पीडा जति परोस् दिन कटाउन मलाई
साँझमा घर आउदा रमाउने बात चाहिएको छ !

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, रचना, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button