कोल्टे फेर्दा ओछ्यानमा भित्तामात्र पाउँछयौ अरे !

गजल

एक्लो प्रितम खड्का
रुपन्देही

बिधातालाइ दोस दिदै मर्म पीडा गाउँछयौ अरे
बुढेसकालमा अझ पनि घर बेशी धाउँछयौ अरे !

कर्म खोटो कर्म हारा भनी धिक्कार्दै आफैलाइ
च्यात्तिएको टालिएको सारी चोलो लाउँछयौ अरे !

डाडा पाखा सन्तान जन्माइ भरिपुर्ण पारे पनि
कोल्टे फेर्दा ओछ्यानमा भित्तामात्र पाउँछयौ अरे !

बढ्दो उमेर घट्दो बल साहुको वचन तेर्सिदिदा
आधी पेटमा पटुकिले आफ्नो पेट छाउँछ्यौ अरे !

बुढेसकालमा सूखी जीवन बिताउने चाहानालाइ
अभागी, हीन एक्लो ठानी पुर्पुरो स-माउँछ्यौ अरे !

सन्तानको सुख खुशी दिर्घायुको कामना सहित
स्वतन्त्र देशमा शान्तिको सपना भे-टाउँछ्यौ अरे !!

(तपाईं पनि आफ्ना कविता, रचना, लेख, दैनिकी, संस्मरण आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button