मलाई संसार देखाउने, आमा भन्न सिकाउने

आमा/कविता
सुशीला शर्मा

मलाई संसार देखाउने
आमा भन्न सिकाउने
पढे राम्रो हुन्छ भन्दै
मलाई स्कुल पठाउने
सन्तानको खुशी खातिर
आफ्नो रोग लुकाउने ।

कति पिर ब्यथा लुकाइ
कति आँधी झरी खेप्यौ
आफना खुशी थाँती राखी
भविस्यको सपना देख्यौ ।

खहरे नि खानेकी छौ
भिर पाखा डुलेकी छौ
परिवारको लागि आमा
समर्पण गरेकी छौ ।

छोरा छोरी बड्दै गए
उनकै कुरा मानेकी छौ
आफ्ना सन्तान संसारकै
ठुला मान्छे ठानेकी छौ।

आमा मलाई प्यारो लाग्छ
रुख बलियो बनाउने मजबुत जरो
जस्तो लाग्छ
आमा भेटिरहन पाउँ
न्यानो माया साट्न पाउँ ।
मलाई कतै दुख्दा खेरी
आमालाई नै भन्न पाउँ ।

औशीमा मात्र होइन
पुर्णिमा मात्रै पनि होइन
आमाको गाथालाई
माया र सम्मानले
सधैभरी गाउन पाउँ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button