शब्दमाथि ‘शब्द’

हरिप्रसाद गौतम

बग्छन् पीडाका आँसु खोजी समेट्छ शब्द
दुख्दै गरेका घाउ, चहर्या्ई लेख्छ शब्द
मर्दै गरेका आशा, पत्र नियाल्छ शब्द
भाषा मेरै वा अर्को, भावना भर्छ शब्द ।

रोदन नयाँ पुरानो, पीडा ओकल्छ शब्द
चर्चा प्रेम वा घृणा, प्रस्तुत हुने यो शब्द ।
हारोस् जितोस् कसैले देख्छ अवश्य शब्द
धर्तीदेखि सगरको लेख्छ रहस्य शब्द ।

लेख्न कसैले गन्थन, खोजी गरिन्छ शब्द
अभाव समेट्दा उस्तै, फुर्छन् अमूल्य शब्द
दवाव सम्हाल्न उठ्ने साँच्चै यिनै हुन् शब्द
गौरव बोकेको इतिहास, रच्नेसमेत यी शब्द ।

कानुन बनाई आफै बाँध्ने यिनै हुन् शब्द
कर्तव्य र अधिकार बाँड्ने यिनै हुन् शब्द
जेजे भयो र हुन्छ भन्ने यिनै हुन् शब्द
जीवन मरणको सत्य, जान्ने यिनै हुन् शब्द ।

को आफ्नो हो बिरोनो, मान्ने यिनै हुन् शब्द
माया प्रेम र स्नेह जानी कहन्छ शब्द
सारा जगत् र सृष्टि रच्दै बहन्छ शब्द
जे जे छुटे समेट्न सक्ने यिनै हुन् शब्द ।
शब्द अभाव भो भन्दै लेखिन्छ नि निशब्द
आखिर निशब्द भन्ने शब्द पनि हो शब्द
तस्मात् जीवन जगत् यो लेख्ने मसी हो शब्द ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button