फुर्सद नै फुर्सदमा पनि आफन्त भेट्न नपाउने अचम्म भयो
लकडाउनमा ‘कोरोना’ कविता
पिताम्बर गुरुङ
कोरोना, तिम्रो नाम सुन्दा आहा कति राम्रो !
तर अपसोच ! तिम्रो बानी रहेछ नराम्रो ।
आउन त आयौ ठिकै थियो,
किन दुनियाँलाई पिरायौ ।
हेर्दाहेर्दै अहिले आएर त,
मै हुँ भन्नेहरुलाई पनि गिरायौ ।
अरु रोग कुनै भए हुन्थ्यो सम्बन्ध जोड्ने ।
तर तिमी आएर त, किन यस्तो ।
एक अर्कामा सबैको सम्बन्ध तोड्ने ?
ज्यानै लिन्छौ अकालमा नै,
छुन दिन्नौ आफन्तलाई ।
टाढै बसी जलाएको हेर्नु पर्ने,
भित्री मनलाई जलाई ।
गत बर्ष आउँदा ठिकै थियौ ।
यो साल कठोर किन ?
छुन पाछैन एकजनालाई,
खोज्छौ परिवारको नै ज्यान लिन ।
मास्क बिकायौ, सेनिटाईजर बिकायौ ।
ब्यापारीलाई धनी बनायौ ।
दुखी गरिब मजदुरहरुलाई त झन्
दुखमाथि दुख खनायौ ।
बालक, बृद्द, धनी, गरिब भईराको छ तिम्रो सिकार ।
तिमीलाई तिमी भन्न पनि, हुने रहेछ धिक्कार ।
त्यसैले अब म सम्बोधन गर्छु, भन्छु तँ तेरो ।
हामी पनि बार लगाउँछौ, नघुम हाम्रो सेरोफेरो ।
तेरो कारण लकडाउन भो, दुनियाँले पाकाछन दुख ।
काम गर्न वातावरण छैन, के गरी जोड्ने खै हात मुख ।
घण्टा, दिन, हप्ता, महिना बर्षौ फुर्सद रह्यो ।
फुर्सद नै फुर्सद हुँदा पनि आफन्त भेट्न नपाउने अचम्म भयो ।
नेता सरकारलाई मतलब छैन, व्यस्त कुर्सी तान्न ।
जनतालाई गाह्रो पर्यो, आफ्नोे घरबार धान्न ।
निशेधाज्ञा जारी हुने रैछ सर्वसाधारणको लागि ।
नेता पार्टी कार्यकर्ता भन्नेहरु त झनै हिड्याछन जागी जागी ।
कस्तो नियम कस्तो कानुन किन पक्षपाती
जनतामाथि सरकारले गर्यो काम आत्मघाती ।
नेता सरकार जे काम गर्छन्, कमिसनको खेलमा ।
यस्ताहरुलाई त होइन भन्या हाल्नु पर्ने जेलमा ।
यो महामारीमा,
धन्यवादका पात्र बने सबै स्वास्थ्यकर्मी
आफु जोखिममा रहि सेवा गर्छन्,
उनीहरु नै बने धर्मी ।
सबैतिर फैल्यो कोरोना, घरमा सुरक्षित बसौं ।
आत्मबललाई दह्रो बनाऔ, सेनिटाईजर घसौं ।
(तपाईं पनि आफ्ना कविता नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)