कस्तो यो देश !
कविता
सुरेशमान उलक
दया, धर्म, न्याय र संस्कार नभएको
कस्तो यो देश !
अन्याय अत्याचार टुलुटुलु हेर्दै
सबैको फुल्यो केश
सबै भाषा सबै बर्गलाई
टुक्रा–टुक्रा पार्यो प्रदेश
उडुसहरु फेरि रगत चुस्न
आउँदैछ बदल्दै भेष
लुछाचुँडी गर्दै दौडिन थाल्यो
सप्रिदैन देश ।
(तपाईं पनि आफ्ना कविता नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)