समाजका निम्ति लड्ने सालिक भएछन्, फटाहाहरु मालिक भएछन्

कविता
गणेश सिम्खडा

समाजका निम्ति लड्ने व्यक्ति
सालिक भएछन्
फटाहा नेताहरु
समाजका मालिक भएछन् ।

निष्ठा र इमानदारी भन्ने शव्द
पानीमा धोएछन्
उदन्डता र छलकपटलाई
मुल मन्त्र बनाएर बोकेछन् ।

भ्रष्ट र गुन्डाहरुको
बोलवाला सुरु भएछ
बौद्धिकताको त
जमाना नै हराएर गएछ ।

पाइला पाइलामा फटाईं गर्नेहरु
टाठाबाठा रहेछ्न् यहाँ
उनीहरुको अगाडि त आफु कमजोर
र लठ्ठक पो भइयो यहाँँ ।

इमान्दारिता र नैतिकता
देश र जनताप्रतिको जिम्मेवारिता
हराएको हो त अब ?
नेता र दलहरुमा हजुर ?

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button