आशाले पोल्छ, अलिकति अहंकारले पोल्छ

कविता, अनुभुति र सन्देश

शकुन्तला जोशी

ज्वरोले सारा जिउ पोल्छ
जिउ रहुन्जेल ज्वरोले पोल्छ
आशाले पोल्छ
अलिकति अहंकारले पोल्छ
पोल्छ
अनेक प्रतिबद्धताले पोल्छ
ओहो !
जुन दिन जीवन रहदैन
त्यो दिन आगोले पोल्छ !


सबभन्दा दुखमा सबभन्दा अफ्ट्यारोमा मानिस एक्लै हुन्छ,
त्यो बेला तपाईंलाई बचाउने तपाईंकै आत्मविश्वास हो ।


सुरक्षित रहौं, मिलेर सबै जोगिने र बाच्ने प्रयत्न गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button