कविता: गरौँ कि नगरौँ ?


तिलस्मी प्रभास

गरौँ कि नगरौँ ?
यो गरौँ कि त्यो गरौँ ?
सीमाभित्रको जिन्दगी
संस्कारभित्रको मन

अनुबन्धित आँखा
पुस्तकालयभित्रको दिमाग
द्वन्द्वात्मक शास्त्रार्थ
भौतिक लालच

आत्मरतिको लत
नामको भोक
यौवनको प्यास
संवृध्दिको मात

कागको पछि कुद्ने
विना अर्थ जुद्धने
बुद्धिमा खिँया लगाउने
विवेकको प्रयोग नगर्ने

कहलाउँछन् साधुको भेषमा मूर्खहरू
आँखा चिम्लेर पछि लाग्छन् मूढहरू
कलियुगको ज्वलन्त उदाहरण
नाच्छन् धार्मिक पटाङ्गीहरूमा ।

बौद्ध, ६ काठमाडौँ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button