शहरमा सत्यवती
कमल रिजालकृत ‘सत्यवती’ सार्वजनिक भएको छ । व्यास र सत्यवतीको संवादमा अडेको उपन्यासले पूर्वीय दर्शनको सार, विशेषता, गुह्य गुदी र गूढ रहस्यलाई पिँधैदेखि उधिनेर सामाजिक विकृति र विसङ्गतिको ऐँजेरुलाई निर्ममतापूर्वक छिमल्ने काम गरेको लेखक रिजालले बताएका छन् ।
उपन्यासमा सत्यवतीले व्यासजीलाई विधवा बुहारीहरूमार्फत् सन्तान जन्माउन वाध्य पार्दा के कस्तो नियति भोग्नुप¥यो भन्ने निष्कर्ष खोजिएको लेखक रिजालले प्रष्ट पारेका छन् । ‘आमा सत्यवती र छोरा व्यासजीका बीचमा भएको संवादमा अडेको उपन्यासको जग महाभारत भएको र यसले आधुनिक युगलाई समेत सम्बोधन गरेको छ’, उनले भने ।
साङ्ग्रिला बुकद्वारा प्रकाशित उपन्यासको पृष्ठ ३८६ र मूल्य रु ४९५ रहेको छ ।