र, त्यसको नाम ‘साँङ्ग्रिलाको किनारतिर’ जुराएको छु

नेपालनाम्चाको नियमित स्तम्भ ‘किताब’ मा नियात्रा विधा-परिचयबारे जय छाङ्छालाई लागि दश प्रश्न ।

नयाँ किताब ‘नियात्रा विधा-परिचय’का लागि तपाईलाई बधाई । तर, के साँच्चै तपाईंको पुस्तक बधाई दिन लायक छ ?
मेरो नयाँ पुस्तक ‘नियात्रा विधा-परिचय’ चैत २०७७ मा प्रख्यात प्रकाशक रत्न पुस्तक भण्डारले प्रकाशित गरेको छ । यस अवसरमा तपाईले बधाई दिनु भएकोमा एक सर्जकको नाताले धन्यवाद दिन्छु । तर बधाई किन दिने भनी प्रश्न पनि साथमा राख्नु भएको छ । पाठकको हिसाबले सर्जकलाई बधाई दिनु पर्ने वा नपर्ने कुरा पाठकमा नै सर्वाधिकार रहने भएकोले यसमा मेरो कुनै भनाई रहँदैन । अध्येताले आफै विचारविमर्श गर्ने कुरा हो । किनकि सार्वजनिकरण भए पछि मेरो व्यक्तिगतभन्दा पनि अध्येताहरुकै बढी हक लाग्छ भन्ने मेरो ठम्याइ रहेको छ ।

यो किताबमा के छ र यो विशेष छ ? अर्थात किन पढ्ने यो किताब ?
यो पुस्तकमा विशेष गरेर नियात्रा विधा नेपाली साहित्यको पृथक विधा हो भन्ने जिकिर गरिएको छ । नेपाली साहित्यमा नियात्रा निबन्ध विधाको उपविधा हो वा निबन्ध नै हो भनेर समालोचक एवं पाठकहरुले भनिरहेकोमा नियात्रा विधा संसारभरि पृथक पहिचानसहितको नवीन विधा हो भनेर भनिंदै आएको छ । तर नेपाली विध्दानजगतले निबन्ध नै हो भनेर ठोकुवा गरिरहेकोले नियात्रा विधा साहित्यको पृथक विधा हो भन्ने विश्व प्रमाण र उदाहरणहरु समेत समावेश गरी नेपाली साहित्यको नवीन विधा नियात्रा हो भन्ने कुराको जिकिर गरिएको छ । तसर्थ यो पुस्तक नवीन विधा स्थापित गर्ने अभिप्रायःले सिर्जना गरिएको हुँदा साहित्यमा अभिरुचि राख्ने सबैले पठन र छलफल गर्न अध्ययन गर्न जरुरी छ भन्ने मलाई लागेको छ ।

यो किताबको जन्मनुको कुनै परिवेश, कारण र अर्थ के हो ?
नेपाली साहित्यमा लामो अवधिदेखि लेखिंदै आएको यात्रा साहित्य भए पनि २०२६ सालपछि सोही यात्रा साहित्यको नामकरण नियात्रा भएको छ । यो नियात्रालाई भारतमा सन् १९६१ पश्चात् साहित्यको पृथक विधा स्वीकारिएको र युरोप तथा अमेरिकी साहित्यमा यस सिर्जनाको आवश्यक नामकरणको खोजी भइरहेको र पृथक विधा भनेर स्वीकारिएको कुरा लामो खोज, अनुसन्धान र अध्ययन पश्चात् थाहा हुन आयो । तर नेपाली साहित्यमा नामकरण समेत भइसकेको तर निबन्ध नै हो भन्ने सुगा रटाई भएको पाउँदा अत्यन्त अपहेलित वा छाँयामा परिरहेको स्पष्ट महसुस हुुन आयो । फेरि आपूm करिब तीन दशकभन्दा बढी समयदेखि नियात्रा साहित्यमा साधनारत रहेकोले आप्mनो सिर्जना विधामाथि अन्याय भएको प्रत्यक्ष अनुभूति भएकोले यो नियात्रा विधा परिचयको जन्म भएको हो ।7

प्रारम्भिक प्रतिकृयाहरु के कस्ता आइरहेका छन् ?
यो ‘नियात्रा विधा परिचय’ पुस्तक केही समय अगाडि मात्र प्रकाशित भएकोले छिटफुट सकरात्मक प्रतिक्रिया आइरहेका छन् । यस विषयको गहन अध्ययन र खोज गरी तयार पारिएको रहेछ भन्ने धारणाहरु सुन्न पाएको छु । विस्तृत र व्यापकरुपमा सकरात्मक वा नकरात्मक प्रतिक्रिया पाउने आशामा छु । यस पुस्तकको अनुसन्धान पाटामा उठेका सबै प्रकारका जिज्ञासाका यथोचित जवाफ दिन म सदैव सचेत भएर रहेको छु ।

यो किताबको नाम कसरी रहन गयो ? नाममा के छ ?
नियात्रा विधालाई केन्द्र विन्दुमा राखेर सिर्जित कृति हो ‘नियात्रा विधा-परिचय’ र नियात्रा विधा साहित्यको पृथक विधा हो भनेर जिज्ञासु विध्दान, अध्येता र पाठकहरुलाई बुझाउन र सम्झाउन सजिलो होस् भन्ने हेतुले पुस्तकको नाम ‘नियात्रा विधा-परिचय’ राखिएको हो । त्यसैले नाम नै पर्याप्त छ भन्ने लागेको छ मलाई ।

यो किताबममार्फत तपाईं खासमा के भन्दै हुनुहुन्छ ?
यस पुस्तकमार्फत लामो समयदेखि सिर्जना हुँदै आएको यात्रा साहित्यको नाम नियात्रा र यो निबन्ध, प्रबन्ध होइन । बरु यो साहित्यको छुट्टै विधा हो भनेर सम्झाउन र बुझाउने चेष्टा गरेको छु ।

प्रकाशित भइसकेपछि यो किताबमा के के छुटेछन् जस्तो लाग्यो ?
पुस्तक प्रकाशनमा आइसके पछि सानातिना कुरा छुटेकोजस्तो त लागेको छ । तर त्यो पछि प्रकाशित गर्दा पनि त्यत्ति फरक पर्दैन । साहित्यको एउटा विधालाई आवश्यक पर्ने सबै तत्व र विशेषताहरु समावेश भएर प्रकाशित भएको छ । भविष्यमा विकसित हुने विविध कुराहरु र केही छुटेका कुराहरु पुनः मुद्रित हुँदा प्रकाश पार्ने कुरामा सतर्कता र सजगता अप्नाई राखेको कुरा प्रिय अध्येता र पाठकहरुलाई विनम्रतापूर्वक वचन दिन चाहन्छु ।

अब अर्को के कस्तो किताब लेख्दै हुनुहुन्छ ?
मेरो प्रिय विधा नै नियात्रा भएकोले नियात्राको पुस्तक नै सिर्जना गर्ने क्रममा छु । उक्त सिर्जनामा नेपाल, भारत, पाकिस्तान र भूटान सम्बन्धी रहेको छ र त्यसको नाम ‘साँङ्ग्रिलाको किनारतिर’ जुराएको छु । त्यसभन्दा परतिर नियात्रा विधा स्थापित गर्ने अन्य आवश्यक खोज अनुसान्धानमूलक लेखहरु लेख्ने प्रयासमा रहेको छु ।

पछिल्लो समय प्रकाशित तपाईंलाई मन परेका पाँच किताब सम्झनुस्न् ।
म खासगरी नियात्रा साहित्यलाई केन्द्रमा राखेर अध्ययन गर्ने गर्छु । नेपाली नियात्रा साहित्य कृतिहरु पर्याप्त आइनै रहेका छन् । नियात्राको साधक भएकोले खुशी लागिरहेको छ । सबै सर्जकका कृतिहरु विशेष किसिमका नभए पनि औषतरुपमा राम्रै छन् । त्यसैले यहाँ कुनै सर्जक विशेषको नाम उल्लेख गर्दा अन्य सर्जकमा अन्याय हुन सक्छ । बरु प्रत्येक नियात्राकारहरुका बारेमा छुट्टै समयमा लेख्ने र बोल्ने अवसर आएमा सो समयलाई उपयोग गर्न सकिएला भन्ने विचार छ ।

आफ्नो किताबलाई कहाँनेर पाउनु हुन्छ ? नढाँटी भन्नुस्न् ।
भर्खर प्रकाशित मेरो कृति ‘नियात्रा विधा परिचय’ नियात्रा विधालाई स्थापित गर्ने प्रयासस्वरुप आएको हुँदा सैध्दान्तिक भएको र यस प्रकारको अन्य कृति प्रकाशित नभएको सन्दर्भमा अन्य कृतिसँग दाज्न उपयुक्त हुँदैन । तसर्थ यसको विशेषता र क्षेत्र भिन्नै भएकोले त्यही किसिमका पुस्तकहरुसँग मात्र दाँजेर हेर्न वा प्रतिक्रिया दिन न्यायसंगत हुन्छ । त्यसैले आफ्नो कृतिको मूल्याङ्कन आफै गरेर लेख्न वा बोल्न असमर्थता प्रकट गर्दछु । यसमा अन्य अध्येता र पाठकहरुले बोल्न उपयुक्त हुन्छ भन्ने मेरो ठम्याइ रहेको छ ।

2 Comments

  1. हार्दिक बधाई छ जय जी। तपाईंको दुईवटा कबिता संदेह त छ मसंग तर यो नयॉ प्रकाशित कृती भने पढ्न पाएको छुईन। विश्वास राखेको छु ये तपाईंको नियात्रा बिधा पनि छिटै अध्ययन गर्न पाउनेछु अनि प्रतिक्रीया अबश्यनै लेखौंला। अहिलेको लागी भने फेरी एकपटक हार्दिक वधाई भन्न चाहें। तपाईंको सरल भाषा शैली सारै मनपर्छ मलाई कबिता बिधामा पनि मलाई बिश्वास छ तपाईंको नियात्रा बिधा पनि उत्तिकै आकर्षक र अध्ययन गर्न लायकको होला।

  2. धन्यबाद छ सरलाजिि िकताव पढ्नु पाउनु हुन्छ प् कािशत भयेकाे छ तर कसरिि उपलब्ध गराउने अलनलनाा छु mail pani wa post pani chaldaina usa aune manchhe sanga pathaunu parne hunchha tyasto payema pathaune kosis garchhu hai. Pratikriyako lagi dbhanyabad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button