किताबः मन परेका दुई-तीन लेख छुटेकोमा खेद छ

किताबी स्तम्भ ‘किताब’का लागि १० प्रश्नमा भर्खरै प्रकाशित संकलित गद्यरचनामाथि हरि अधिकारी

नयाँ किताब ‘संकलित गद्यरचना’का लागि तपाईलाई बधाई । तर, के साँच्चै तपाईंको पुस्तक बधाई दिन लायक छ ?
बधाइका लागि धन्यवाद । ध्यान दिएर पढ्नु होस् र आफैँ निर्क्यौंल गर्नु होस् यो पुस्तक कस्तो छ । मैले भन्नू पर्दा यो पुस्तकमा भएका सामग्रीहरूबाट पाठकहरूले भरपूर आनन्द लिनेछन् भन्छु ।

यो किताबमा के छ र यो किन विशेष छ ? अर्थात किन पढ्ने यो किताब ?
यो पुस्तकमा संकलित निबन्ध/प्रबन्धहरूले पाठकलाई आकर्षक नेपाली गद्यको स्वाद दिनेछन् । बितेको ५/६ दशकमा नेपाली समाजको जुन रूपान्तरण भएको छ त्यसको झल्की यी रचनामा भेट्नेछ पाठकले । यी कुराहरू पाठकका लागि धेरै नै महत्वपूर्ण हुन सक्छन् ।

यो किताबको जन्मनुको कुनै परिवेश, कारण र अर्थ के हो ?
पत्र-पत्रिकाहरूमा छरिएर रहेका मेरा स्वादिला लेख- रचनाहरू पुस्तकाकारमा आउन् भन्ने सोचेर यो संग्रह निकालिएको हो ।

प्रारम्भिक प्रतिकृयाहरु के कस्ता आइरहेका छन् ?
धेरै नै उत्साहप्रद प्रतिक्रिया आएको छ भन्ने सूचना पाएको छु । म बाहिर छु त्यसैले यसै भन्न सक्दिनँ ।

यो किताबको नाम कसरी रहन गयो ? नाममा के छ ?
यो संग्रहको नाम मैले ‘प्रतिनिधि गद्यरचना’ राख्ने विचार गरेको थिएँ । पछि साथीहरूसँग सल्लाह हुँदा प्रतिनिधि भन्ने शब्दले विवाद पनि निम्त्याउन सक्ने ठानेर ‘संकलित गद्यरचना’ राखेको हो ।

यो किताबममर्फत तपाईं खासमा के भन्दै हुनुहुन्छ ?
मेरा रचनाहरू नै मैले दिने सन्देश हुन् ।

प्रकाशित भइसकेपछि यो किताबमा के के छुटेछन् जस्तो लाग्यो ?
यसमा मलाई मन परेका दुई तीन लेख छुटेका छन् । त्यसको खेद छ मलाई ।

अब अर्को के कस्तो किताब लेख्दै हुनुहुन्छ ?
म मेरो एउटा महत्वाकांक्षी पुस्तक परियोजना: गम्भीर किसिमले तयार गरिएको जासूसी उपन्यास ‘सुवर्णक्रीडा’ सम्पन्न गर्न लागिपरेको छु । २०७८ सालभित्र त्यो पाठकका हातमा पुर्‍याउनेछु । वीपी कोइरालाको जीवनी पनि लेख्दैछु । साथै विस्थापित भुटानीहरूको कहर कहानी भन्ने पुस्तक पनि अन्तिम चरणमा छ ।

पछिल्लो समय प्रकाशित तपाईंलाई मन परेका पाँच किताब सम्झनुस्न् ।
सरी ! अहिले सम्झिन सकिनँ ।

ती पाँचमध्ये आफ्नो किताबलाई कहाँनेर पाउनु हुन्छ ? नढाँटी भन्नुस्न् ।
यस प्रश्नको जवाफ मसँग छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button