खै के भयो फेरि मलाई ?

कल्पना खरेल

तिम्रो सुन्दरताले तान्यो कि ?
ती गाजलु हेराइले हान्यो कि ?

खै किन स्थिर छैन यो मन ?
खै किन शीतल छैन यो मन ?

आज यो मन तलतलियो ।
फेरि मन मस्तिक चञ्चलियो ।

आफैँमा हराए जस्तो लाग्छ ।
कोही मन पराए जस्तो लाग्छ ।

आज खै के भयो फेरि मलाई ?
अनायासै दुःख यो निर्दोषीलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button