गोपी किन घात्लिरहेका छन् बेलायतमा ?

लेखक गोपी सापकोटा बेलायत बस्छन् । कविता, नाटक हुँदै पछिल्लो पटक उपन्यास ‘काँचो कागज’ लेखेका सापकोटाको अगाडि एउटा प्रश्न छ । र, त्यो प्रश्नमा घोत्लिरहेका छन् उनी । घोत्लाईको कारण उनले आफ्नै फेसबुकमा सार्वजनिक गरेका छन् ।

उदय अधिकारीबाट कुरा सुरु गरेका उनले ‘अधिकारी’ एक असल पाठक र मोटिभेटर रहेको बताएका छन् । कुनै एउटा कार्यक्रममा अधिकारीले गरेको प्रश्न सम्झका छन् उनले, ‘गोपी ! तपाईं नेपालमा हुँदा अंग्रेजीमा लेख्नु हुन्थ्यो, अहिले अंग्रेजको देशमा बस्दा किन अंग्रेजीमा नलेखी नेपालीमा मात्रै लेखिरहनु भएको छ ?’

सापकोटाले अन्त्यमा भनेका छन्, ‘अधिकारीको त्यो प्रश्नमा अझै पनि घोत्लिइरहेको छु ।’

One Comment

  1. किन भने अंग्रेजको देशमा लेखिने अंग्रेजी नेपालमा लेखिने अंग्रेजी जस्तो हावाको हुदैन। नेपालमा लेखिने अंग्रेजीको स्तर कस्तो होला त्यो नसोधौं, बरु चुपो लागेर नेपालीमा लेखे मनासिब होला। बुद्धि पुर्यायेछन गोपीले समयमा नै।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button