प्रेमदिवसपछिको ‘प्रेमदिवस’
कविता
उज्जवल तिमल्सिना
सम्बन्ध चल्दै थियो तिम्रो मेरो साइकल चले सरी तर
बिदाईको हात हल्लाएँ मैले तिमी बस चढेपछि
सहनै नसकेर छोडेँ मैले म विवस भएपछि,
अर्कै मान्छे मनपर्यो तिमीलई प्रेमदिवस लागेपछि ।
खेलाडी थियौँ एउटै खेलको यो मैदानमा हामी
कोहि आयो हाम्लाई रोकछेक गर्न जुलुस आएसरी,
हराएको हरायै भयौ तिमी मैदान छोडेपछि,
खै के भयो ? परिवर्तन भयौ तिमी प्रेमदिवस लागेपछि ।
पीडा समस्या थिए तिम्रा, मन मुटु मस्तिस्कभरी
कमजोर थिएनौ रोएनौ तिमी बस्यौ खुशी खुशी ।।
कठिन भयो जिउन तिम्लाई एक्लै भएपछि,
त्यसैले अर्कै केटा छान्यौ तिम्ले, प्रेमदिवस लागेपछि ।
…
(प्रिय साथी ! तपाईं पनि प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)