तिमीलाई गुनासो मात्र गरेको हुँ, आँसु झारेको छैन

प्रजेश खड्का

धेरै भो मुसलधारे बर्षामा रुझेको छैन
तिमीलाई गुनासो मात्र गरेको हुँ, आँसु झारेको छैन

आमा, मैले मेरा केही रहरहरु बाँधेको हुँ
चिन्ता नलिनुस जिम्मेवारी बाँधेको छैन

सासू र बुहारी मिलेर बस्दैनन् भन्छ यो समाज
यहाँ संगै हुदा कुकुर र बिरालो त छुटेको छैन

यो संसार जित्नेहरुको मात्र हो हजुर
आजसम्म हार्नेहरुको वरिपरि कोहि घुमेको छैन ।


(प्रिय साथी ! तपाईं पनि प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button