उत्तम क्रिडा दम्पतीकै जाती

कविता

रतन साउँद

रुप उनको बिछ्ट्टै राम्रो
चाह उनीसँगैको मस्ती
लुकिलुकी निहुँ बनाई
चाहार्छु उनकै घरबस्ती

देख्छु उनलाई खारिएकी
एक नम्बरी सुनजस्ती
गर्छु दिनरात आजभोलि
उनको सुरक्षाको गस्ती

घोप्टो मुन्टो फक्रेको मुस्कानले
दियो मलाई निम्तो
खोलासरी उर्लेको जवानीको
भरी दिन्छु म सिउँदो

झुलुक्क मुहारले दिने
मेरो मायामोहको कस्तो घुर्की
चंचल मनको बहकमा
प्यारो पिरतीको चित्तले फुर्की

छातीमा धड्कन बढाई बनेकी
मेरै साहसकी साथी
हामी नरको पिरतीमा
उत्तम क्रिडा दम्पतीकै जाती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button