नदेखेर ठाउँ यहाँ आफ्नो पाप पखाल्नलाई (गजल)
ज्ञानुवाकर पौडेल ।
अहो ! अनुचित किन उसले यस्तो बिराम गरेछ ?
जातीयताको नाममा उसले गर्नै नहुने काम गरेछ
हराइदिएछ कुतर्क गरी केही सत्यवादीहरूलाई
न्याय-कानूनलाई पनि सारै पो बदनाम गरेछ
ठाडै मिचेर उसले ऐन-नियमलाई यो देशको
हेर्नुस् न, तस्कर र भ्रष्टहरूलाई सलाम गरेछ
यिनै नेताहरूको आड-भरोसा पाएर नै त होला
प्राकृतिक दोहन यहाँ माफियाले खुलेआम गरेछ
नदेखेर ठाउँ यहाँ आफ्नो पाप पखाल्नलाई पनि
तीर्थयात्रा त्यही छिमेक देशकै चार-धाम गरेछ !