कवितामा ‘दूध र भात’

गणेश श्रमण

दूध र भात नखाई
बाँच्न सकिन्न ।

बाँच्नका लागि
स्कुल नगए नि हुन्छ
खेतबारी नखने नि हुन्छ
घाँसपात नगरे नि हुन्छ
मेलापात नगए नि हुन्छ
तर दुध र भात खानै पर्छ

बाँच्नका लागि
साथीभाइसँग गफ नगरे नि हुन्छ
भाषण राजनीति नगरे नि हुन्छ
ठुला पद र आसनमा नबसे नि हुन्छ
ढाट, छलकपट, दुराग्रह र ब्यभिचार
केही, केही नगरे पनि हुन्छ
बन्द हडताल नगरे पनि हुन्छ
तर दूध र भात भने खानै पर्दछ

माेबाइल, फेसबुक नचलाए पनि हुन्छ
कामधन्दा नगरे नि हुन्छ
तर्कवितर्क, संवाद ,विवाद
नगरे नि हुन्छ
पक्ष विपक्षमा नलागे पनि हुन्छ
दाैडधुप,प्रतिस्पर्धा, हाेडबाजी गरेर
तनाब नलिए नि हुन्छ
तर दूध र भात भने खानै पर्दछ
बाँच्नका लागि

म पनि यी सब केही नगरी
दूध र भात खान चाहन्छु ।

साच्चै यस्ता काम नगरी सजिलैसँग
दूध र भात कहाँ खान पाइन्छ ?


(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । र, कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button