‘ठमेल बजारमा’ भिडियो गीत
अशोक मुकारुङ र सुनिता थेगिमको स्वरमा ‘ठमेल बजारमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सिङ्गापुर पुलिस फोर्समा कार्यरत गायक तथा गीतकार करवीर तामाङको शब्द र पदमराजन मगरको सङ्गीत रहेको गीतको भिडियो युटुबमार्फत सार्वजनिक भएको हो । गीतको भिडियोमा नृत्य निर्देशक गोविन्द राईको परिकल्पना रहेको छ ।
भिडियोमा अमेरिका बस्दै आएका रमेशचन्द्र राई र सीता राईको अभिनय छ । सन्दीप भुजेलको कोरियोग्राफी र निर्देशन रहेको भिडियो सञ्जित घिसिङले छायांकन र सम्पादन गरेका हुन् ।